Thursday, October 24, 2024

वातावरण पत्रकारिता पुरस्कार २०२१ को लागि सामग्री पठाउने सूचना

नेपाल वातावरण पत्रकार समूहले प्रत्येक वर्ष विश्व वातावरण दिवस (जुन ५) का अवसरमा अघिल्लो वर्षभरि वातावरण तथा दिगो विकासका क्षेत्रमा उत्कृष्ट समाचार सामग्रीहरु प्रकाशन–प्रसारण गर्ने पत्रकारलाई “वातावरण पत्रकारिता पुरस्कार” प्रदान गर्दै आएको छ । यस वर्ष विश्व वातावरण दिवस २०२१ मा घोषणा हुने पुरस्कारका लागि सन् २०२० भित्र पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइन सञ्चारमाध्यममा प्रकाशित–प्रसारित सामग्री पठाउनु हुन पत्रकार साथीहरुलाई अनुरोध गर्दछौं ।

सामग्री २०७८ साल जेठ २१ गते, दिनको १२ः०० बजे (June 4, 2021, 12 pm) भित्र तलको ठेगानामा आइपुग्नु पर्नेछ । मूल्याङ्कनका लागि प्रस्तुत गरिने पाठ्य सामग्रीको प्रतिलिपि एवं श्रव्य–दृश्य सामग्रीको स्क्रिप्ट तथा रेकर्ड लिङ्कहरु उपलब्ध गराउनु पर्नेछ ।

सम्पर्क:
नेपालवातावरण पत्रकार समूह
भनीमण्डल, चक्रपथ, ललितपुर
पो.ब.नं. ५१४३ काठमाडौं
फोन नं. ५१५३२९१, ५१५३०३१
Email : nefej@mos.com.np, forum.nefej@gmail.com

ताजा समाचार

सम्बन्धित समाचार