Saturday, October 26, 2024

सोमबार ३३८ जनामा कोरोना संक्रमण

काठमाडौ, साउन २६ (हाकाहाकी)– काठमाडौ उपत्यकाका ४४ जना गरी सोमबार ३ सय ३८ जना कोरोना संक्रमित थपिएका छन् ।

देशका विभिन्न ठाउँमा ३ सय ३८ जना कोरोनाका संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभएको छ । उहाँका अनुसार विगत २४ घण्टामा ३ सय ३८ जना संक्रमित थपिएका हुन ्। यीसहित हालसम्म संक्रमितको संख्या २३ हजार ३ सय १० पुगेको छ ।

मन्त्रालयका अनुसार विगत २४ घण्टामा विभिन्न अस्पतालबाट १ सय ४० जना संक्रमित कोरोनाबाट मुक्त भएर घर फर्किएका छन् ।

यीसहित हालसम्म १६ हजार ४ सय ९३ जना कोरोनाबाट निको भएका छन् । विगत २४ घण्टामा ८ हजार ४ सय ३२ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ४ लाख ५२ हजार बढीको पिसिआर परीक्षण भएको छ।

यसैगरी काठमाडौ उपत्यकामा सोमबार ४४ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौ जिल्लामा ३६, ललितपुरमा ४ र भक्तपुर जिल्लामा ४ गरि जम्मा ४४ जना उपत्यकामा कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको हो । देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ७ सय ३८ रहेको मन्त्रालयले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार