Saturday, October 26, 2024

भारतका पूर्वराष्ट्रपति मुखर्जीलाई कोरोना संक्रमण

काठमाडौ, साउन २६ (हाकाहाकी)– भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोना भाइरसको संक्रमण भएको छ । मुखर्जीले ट्वीट गरेर आफूलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी दिनुभएको हो ।

फरक प्रयोजनका लागि अस्पताल जाँदा कोरोना भाइरसको पनि परीक्षण गर्दा आफूमा संक्रमण पुष्टि भएको उहाँले ट्वीटमा जानकारी दिनुभएको छ । उहाँले पछिल्लो एक हप्तामा आफ्नो सम्पर्कमा आएका व्यक्तिलाई आइसोलेशनमा बसी कोरोना भाइरसको परीक्षण गर्न आग्रह समेत गर्नुभएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार