Saturday, October 26, 2024

बेरुत पुननिर्माणका लागि १ अर्ब युरो सहयोग गर्न दाता राष्ट्रहरु तयार

काठमाडौ, साउन २६ (हाकाहाकी)– बिस्फोटले ध्वस्त बेरुतको पुननिर्माणका लागि एक अर्ब युरो बराबरको सहयोग गर्न अन्तर्राष्ट्रिय दातृ राष्ट्रहरु तयार भएका छन् ।

लेबनानको राजधानी बेरुतमा हालै भएको बिस्फोटले ठूलो क्षति ब्यहोर्नु परेको भन्दै दातृ राष्ट्रहरु लेवननलाई सहयोग गर्न तयार भएको अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

फ्रान्सले आयोजना गरेको अनलाईन शिखर सम्मेलन मार्फत उनीहरुले लेबननलाई आर्थिक सहयोग गर्ने बचन दिएका हुन् । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंको अध्यक्षतामा आयोजना गरिएको अनलाइन शिखर सम्मेलनमा लेबननको माग अनुसार आर्थिक सहयोग गर्न दाताहरु तयार भएको समाचारहरुमा उल्लेख छ ।

शिखर सम्मेलनमा भाग लिएका दातृ राष्ट्रहरुहरुले सहयोग रकम लेवननका जनताको आवश्यकता अनुरुप खर्च गर्नुपर्ने जनाएका छन् । यसअघि फ्रान्सका राष्ट्रपति म्याक्रोले बेरुतको भ्रमण गरेलगत्तै त्यहाँ सरकारविरुद्ध प्रदर्शन गरिएको थियो । बेरुतमा गएको मंगलवार २७ सय ५० टन एमोनियन नाईट्रेट अवैध तरिकाले भण्डारण गरिएको गोदाममा विष्फोट हुँदा कम्तिमा १ सय ३७ जना मारिएका थिए भने घटनामा परि ५ हजारभन्दा बढी घाईते भएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार