Saturday, October 26, 2024

मास्क नलगाई हिडेका ३ लाख ९५ हजार जना सामान्य कारवाहीमा

काठमाडौ, साउन २६ (हाकाहाकी)– गृह मन्त्रलायले हालसम्म मास्क नलगाउने ३ लाख ९५ हजार जनालाई नियन्त्रणमा लिएर सम्झाई बुझाई गरेर छाडेको र जरिवाना समेत गरेको जनाएको छ ।

त्यसैगरी अनुमति बिना काठमाडौं उपत्यका छिर्ने सात हजार छ सय सवारी साधन र १९ हजार ४ सय यात्रुलाई नाकाबाटै फिर्ता गरिएको जनाएको छ ।

तोकिएको निर्देशन विपरित सवारी चलाउने करिब १ लाख ३७ हजार दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनलाई नियन्त्रणमा लिएर होल्डिङमा राखिएको गृह मन्त्रालयले जनाएको छ ।

त्यसैगरी गृह मन्त्रलायले सरकारले जारी गरेको जनस्वास्थ्य मापदण्ड र सुरक्षा मापदण्ड कडाइका साथ लागू गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । गृह मन्त्रालयले सूचना जारी गर्दै कोरोनाको जोखिम बढ्दै गएकोले सरकारले जारी गरेका निर्देशिका पालना गर्न सबै नागरिकलाई अपिल गरेको छ ।

मन्त्रलायले यातायातमा जोरबिजोर प्रणालीको कडाइका साथ पालना गर्न र अनिवार्य मास्क लगाउन समेत आम नागरिकलाई अनुरोध गरेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार