Thursday, October 24, 2024

पत्रपत्रिकामा वातावरण समाचारः नेपाली डुबानमा पर्दा मन दुख्दैन?, बासै बसेर रुख ढाल्छन् भारतीय तस्कर

काठमाडौं – आजका पत्रपत्रिकाहरुले वन तथा वातावरणका समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।

‘नेपाली डुबानमा पर्दा मन दुख्दैन ?’ शिर्षकमा प्रकाश तिमल्सिनाको बाइलाइनमा नागरिक दैनिकले पहिलो पृष्ठमा समाचार प्रकाशित गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई ‘भारतीय बाँधका कारण नेपाली भूमि डुबानमा पर्दा तपाईंको मन दुख्छ कि दुख्दैन’ भनेर सोधेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले सीमा क्षेत्रमा भारतले बनाएका बाँधका कारण नेपाली भूमि डुबानमा पर्दा बर्से्निे मानवीयसँगै अर्बौै रुपैयाँबराबरको धनमाल क्षति हुुने गरेको जानकारी गराउँदै यस्तो प्रश्न गरेका हुन् । मोदी दुईदिने नेपाल भ्रमण गरी शनिबार स्वदेश फर्किसकेका छन् ।

प्रधानमन्त्री ओलीले डुबान समस्या समाधान गर्न मोदीको ध्यानाकर्षण गराएपछि नेपाल–भारत संयुक्त विज्ञप्तिको आठौंं बुदाँमा यो विषय सम्बोधन गर्ने प्रतिबद्धता गरिएको छ । मोदी भ्रमणको अन्तिम दिन शनिबार दुवै देशले १३बुँदे संयुक्त विज्ञप्ति जारी गरेका थिए ।

आजको कान्तिपुर दैनिकले वन तथा वातावरणका समाचारलाई प्राथमिकता दिएको छ । कान्तिपुर दैनिकको पृष्ठ २ मा ‘वर्षाैंदेखि राहतकै पिरलो’ शिर्षकमा समाचार प्रकाशित गरेको छ ।

पच्चीस वर्षअघिको वर्षायाममा नारायणी उर्लिएर गाउँ पस्दा पश्चिम नवलपरासीको सुस्तास्थित नर्सहीका शैलेन्द्रकुमार शर्माको बिचल्ली भयो । घर र परिवार डुबानको चपेटामा परे ।

त्यो क्षण सम्झिँदा अहिले पनि कहाली लाग्ने उनी सुनाउँछन् । त्यसबेला नारायणीले गाविस डुबायो । लत्ताकपडा र अनाज बगायो । खेतीबारी लग्यो । ‘बाँचिएला भन्ने लागेको थिएन,’ उनले भने, ‘ज्यान भने जोगियो ।’

बेघर बनेका उनले क्षतिपूर्ति पाउने आसमा साढे २ दशक बिताइसके । अहिलेसम्म राहत पाएका छैनन् । स्थानीय प्रत्येक वर्ष क्षतिपूर्ति माग्छन, आश्वासन सिवाय केही मिल्दैन । ‘नेपाल सरकारले भारतलाई देखाउँछ, भारतले नेपालबाट प्रक्रिया र्पुयाएर आउनुस् ‘भन्छ,’ शर्माले भने, ‘यति लामो संघर्षको सुनुवाइ भएन ।’

‘तोकियो यार्चागुब्बाको कोटा’ शिर्षकमा कान्तिपुरको पुष्ठ ३ मा अब्लुल्लाह मियाँको बाइलाइनमा समाचार प्रकाशित भएको छ ।

सरकारले प्रदेश नम्बर ७ मा पर्ने अपिनाप्पा संरक्षण क्षेत्रअन्तर्गतका पाटनमा यार्चागुब्बा संकलनका लागि कोटा निर्धारण गरेको छ ।

कान्तिपुरकै पृष्ठ १४ मा कैलालीबाट मोहन बुढाऐरको बाइलाइनमा ‘बासै बसेर रुख ढाल्छन् भारतीय तस्कर’ शिर्षकको समाचार प्रकाशित भएको छ ।
कैलालीको पूर्वोत्तर क्षेत्रका राष्ट्रिय र सामूदायिक वनबाट दिनहुँजसो काठ तस्करी र वन्यजन्तु चोरीसिकारी भइरहेको छ । सीमावर्ती क्षेत्रका भारतीय तस्करहरु खुलेआम नेपानी भुभागमा प्रवेश गरिरहेका छन् ।

कान्तिपुरको पृष्ठ १४ मै पोखराबाट लालप्रसाद शर्माले ‘वन व्यक्तिका नाममा’शिर्षकमा समाचार प्रकाशित भएको छ ।

पुस्तौंदेखि सार्वजनिक प्रयोजनमा रहेको जंगल चार दशकअघि नै व्यक्तिले दर्ता गरेको खुलेको छ । सुरुमा दर्ता गरेका व्यक्तिले स्थानीयलाई बिक्री गरेको र पछिल्लो समय जंगल फँडानी हुन थालेपछि रहस्य बाहिर आएको हो ।

पोखरा लेखनाथ ३३ स्थित चिलाउने चौतारा सालघारी बेतखोला जंगलको करिब ६८ रोपनी जंगल व्यक्तिले दर्ता गरेका छन ।

कान्तिपुरकोे पहिलो पृष्ठमा ‘१००० मेगावाट थपिँदै’ शिर्षकको समाचार प्रकाशित भएको छ ।

यस वर्ष मुलुकको केन्द्रीय विद्युत् प्रणालीमा १ हजार मेगावाटभन्दा बढी बिजुली थपिने भएको छ । सरकारी तीन आयोजनाबाट ५ सय ३० र निजी क्षेत्रका २२ आयोजनाबाट ५ सय मेगावाटभन्दा बढी बिजुली उत्पादन यही वर्ष सुरु हुँदै छ । यसपछि मुलुकको विद्युत् आयोजनाको कुल जडित क्षमता २ हजार मेगावाट पुग्नेछ ।

मुलुकमा १९६८ मा ४ सय ५० किलोवाटको फर्पिङ आयोजना निर्माण भई विद्युत् उत्पादन सुरु भएको हो । १ सय ७ वर्ष अवधिमा जम्मा ९ सय ९५.५ मेगावाट मात्र जलविद्युत् उत्पादन सम्भव भएको हो ।

आजको अन्तपूर्ण पोस्टको पृष्ठ चारमा ‘प्रदूषण रोक्न साना गाडी बाधक’शिर्षकमा समाचार प्रकाशित भएको छ ।

सडक जाम वायु प्रदूषणको मुख्य कारक भएकाले सार्वजनिक सवारीसाधनको व्यवस्थापन गर्न वातावरणविद्हरुले सरकारलाई सुझाव दिएका छन् ।

उनीहरुले सडकको क्षमता भन्दा बढी साना सवारी आयात हुँदा जाम र प्रदूषण बढेका भन्दै नियन्त्रण गर्न वन तथा वातावरण मन्त्रालयलाई सुझाव दिएका छन् ।

अन्नपूर्णले पृष्ठ ५ मा ‘बगरमा अवैध उत्खननले बेथिति बढ्दो’ शिर्षकमा समाचार प्रकाशित भएको छ ।

गत वैशाख २२ गते स्थानीय प्रशासनको नेतृत्वमा गएको सुरक्षाकर्मीसहितको टोलीले इन्द्रावती र सुनकोसी नदीमा अवैध रुपमा ढुङगा वालुवा उत्खनन् गरिरहेका नौ वटा स्काभेटर नियन्त्रणमा लियो । चाबी नियन्त्रणमा लिएसँगै टोलीले प्रतिवेदनको आधारमा ६ वटा क्रसर उद्योगको मापदण्ड नपुगेको भन्दै तत्काल सञ्चालनमा नगर्न प्रशासनले पत्रचार ग¥यो ।

पृष्ठ १० मा कृष्णमणि बरालले खिचेको फोटो प्रकाशित भएको छ । वर्षापछि आएको बाढीसँगै मिसिएर फर्के खोला हुँदै फेवातालमा आइतबार फैलिएको प्लाष्टिकजन्य फोहोर ।

त्यस्तै सोही पृष्ठमा ‘अन्तराष्ट्रिय तालसम्मेलन पोखरा घोषणपत्र जारी’ शिर्षकमा समाचार प्रकाशित भएको छ ।

पृष्ठ ११ मा ‘छुट पाएपछि मौलाए ठेकेदारका क्रसर’शिर्षकमा अन्नपूर्णले समाचार प्रकाशित गरेको छ ।

रुपन्देहीमा सञ्चालित राष्ट्रिय गौरवका आयोजनाका नाममा ठेकेदारले क्रसर उद्योग खोल्ने क्रम बढेको छ । अस्थायी भन्दै दर्ता्बिनै चल्न पाउने र अनुगमन नभएपछि क्रसर उद्योग मौलाउन थालेका हुन् । यसरी खुलेका उद्योगले आयोजनाबाहिर ढुंगा, गिट्टी बिक्री गर्दै आएका छन् ।

उत्पादित सामग्री आयोजनाभन्दा बाहिर बिक्री हुँदा यसरी खोलिएका उद्योगबाट लाखौं राजस्व चुहावट भएको छ । रुपन्देहीका नदीबाट नदीजन्य पदार्थ उत्खनन बन्द छ । आयोजनाले भने निरन्तर उत्खनन गर्दै आएका छन् ।

मन्त्रिपरिषद् बैठकले गौरव र ठूला आयोजनाका लागि नदीजन्य पदार्थ निकाल्न सकिने निर्णय गरेपछि उत्खननको क्रम सुरु भएको हो । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल, बुटवल–बेलहिया ६ लेन सडक, बुद्धपरिपथ निर्माण, बेलवास–बेथरी तथा भैरहवा लुम्बिनी सडकका लागि तिनाउ नदीबाट उत्खनन हँुदै आएको छ ।

त्यस्तै आजको नयाँ पत्रिकामा ‘भुरुङ तातोपानीमा पहिरो,तीन घर पुरिए’शिर्षकमा समाचार प्रकाशित भएको छ ।

नयाँ पत्रिकाको पृष्ठ ६ मा ‘रसुवागढी नाका जोड्ने सडक भासियो’शिर्षकमा समाचार प्रकाशित भएको छ ।

नेपाल र चीनलाई जोड्ने रसुवाको एक मात्र व्यापारिक नाका रसुवागढी सडक भासिएको छ । गोसाइँकुण्ड गाउँपालिका ५ स्थित स्याफ्रुबेँसीस्थित सडक आइतबार दिउँसो १ बजे सुक्खा पहिरो जाँदा सडक भासिएको हो । सडक भासिएपछि डेढ सयभन्दा बढी साना–ठूला गाडी बीच बाटोमै रोकिएका छन ।
मल्टी इनर्जी डेभलपमेन्ट प्रालिले निर्माण गरिरहेको २० मेगावटको लाङटाङखोला जलविद्युत् आयोजना निर्माणस्थल जाने सडक निर्माणको क्रममा सडक भासिएको आयोजनाले जनाएको छ ।

आजको समाचारपत्रको पृष्ठ १० मा ‘बाटो बनाउँदै ८ शेर्पा सगरमाथामा’शिर्षकमा समाचार प्रकाशित भएको छ । सोही समाचारलाई राजधानी र गोरखापत्र दैनिकले प्रकाशित गरेको छ ।

राजधानी दैनिकको पृष्ठ ५ ‘साढे ६ हजार घरधुरीमा स्वच्छ पानी पुग्न बाँकी’शिर्षकमा समाचार प्रकाशित गरेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार