Saturday, October 26, 2024

काठमाडौं महानगरका १२ र २१ वडामा अत्यावश्यक पसल मात्र खोल्न पाइने

काठमाडौ, साउन २६ (हाकाहाकी)– काठमाडौं महानगरपालिका वडा नम्बर १२ र २१ मा अत्यावश्यक सेवाका पसल मात्रै खोल्न पाइने भएको छ ।

कोरोना भाइरस संक्रमित संख्या वृद्धि भएसँगै महानगरले ती वडामा अत्यावश्यक पसल मात्रै खोल्न सूचना जारी गरेको हो । त्रिपुरेश्वरदेखि टेकुसम्मको क्षेत्र वडा नम्वर १२ मा पर्छ भने लगनटोल २१ मा पर्छ ।

कोरोना संक्रमण भयावह हुन नदिन आज बसेको बैठकले वडा नम्बर १२ र २१ मा औषधि, खाद्यान्न र पानी पसलबाहेकका अरू पसल खोल्न नपाइने भएको हो ।

त्यस्तै खाद्यान्न पसल भने बिहान १० बजेसम्म र बेलुकी ५ देखि ८ बजेसम्म मात्र सञ्चालन गर्न पाइने भएको छ । यसअघि काठमाडौं महानगरपालिका ३२ कोटेश्वरस्थित असर्फी टोलमा कोरोनाभाइरस संक्रमित बढेपछि त्यो टोल सिल गरिएको छ ।

साउन १८ गते किराना पसल सञ्चालक चार जनामा कोरोना पुष्टि भएपछि आसपासका घरमा बस्नेको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्दा थप १३ जनामा कोरोना देखिएको हो ।

ताजा समाचार

सम्बन्धित समाचार