Saturday, October 26, 2024

राष्ट्रिय फुटबल टोलीका २५ जनाको कोरोना परीक्षण

काठमाडौ, साउन २६ (हाकाहाकी)– फिफा विश्वकप छनोट र एशियनकप छनोटका लागि बन्द प्रशिक्षणमा डाकिएका राष्ट्रिय फुटबल टोलीका ११ खेलाडीसहित २५ जनाकोे कोरोना परीक्षण गरिएको छ ।

लगनखेलस्थित पाटन अस्पतालमा आजपहिलो चरणमा ११ खेलाडीसहित एक प्रशिक्षक, एक फिजियो र एन्फाहोस्टलका १२ कर्मचारीसहित २५ जनाको कोरोना परीक्षण गरिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।

कोरोना परीक्षण गर्ने खेलाडीमा विशाल राई, रन्जीतधिमाल, मिक्चेन तामाङ, रविपासवान, दर्शन गुरुङ, विमल राना, दीपकार्की, दिलेन लोप्ताङ, छिरिङ गुरुङ, देवेन्द्र तामाङ र पुजनउपरकोटी रहेका छन् । त्यसैगरी फिजियोमाआविष्कार पुडासैनी र प्रशिक्षक किरण श्रेष्ठको पनि परीक्षण गरिएको छ । बाँकी खेलाडी र अफसियलको कोरोना परीक्षण भने भोलि गर्ने एन्फाले जनाएको छ ।

विश्वकप छनोटका लागिएन्फाले राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण भदौ १ गतेबाट शुरु गर्ने तयारी गरेको छ । फिफा विश्वकप २०२२ छनोटअन्तर्गत नेपालले तीनहोम खेल खेल्दैछ । दशरथ रङ्गशालामाहुने तीन खेलअसोज र कात्तिकमा आयोजना हुनेछ । समूह ‘बी’मा रहेको नेपालले पाँच खेलबाट तीनअङ्कजोडेको छ ।

चाइनिज ताइपेईलाई पराजित गरेको नेपाल समूहको चौथो स्थानमा छ । यस समूहको शीर्ष स्थानमा अष्ट्रेलिया छ ।

ताजा समाचार

सम्बन्धित समाचार