Saturday, October 26, 2024

राष्ट्रिय फुटबल टोलीका सदस्यहरुको कोरोना परीक्षण सोमबार

काठमाडौ, साउन २५ (हाकाहाकी)– राष्ट्रिय फुटबल टोलिका खेलाडीको कोरोना परिक्षण सोमबार सुरु हुने भएको छ ।

अन्र्तराष्ट्रिय प्रतियोगिताको तयारीका लागि प्रशिक्षणमा सहभागी हुन लागेका खेलाडीको कोरोना परिक्षण भोलिबाट सुरु हुने भएको हो ।

एन्फाका एक पदाधिकारीका अनुसार भोलिबाट खेलाडीको कोरोना परिक्षण सुरु गरिने छ । ती अधिकारीका अनुसार परिक्षण सुरु गरेर दुई दिनभित्र सबै खेलाडी, आधिकारीक र कर्मचारीको पीसीआर जाँच्ने लक्ष्य राखिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय फुटबल टोलिको प्रशिक्षण भदौ १ गतेदेखि सुरु गर्ने तयारी गरेको छ । विश्वकप छनोटको दोस्रो चरणको तयारीका लागि एन्फाले खेलाडीलाई राष्ट्रिय टोलिको तयारीमा बोलाएको हो ।

नेपालले घरेलु मैदानमा विश्वकप छनोट अन्तर्गत अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसंग खेल्दैछ । त्यही खेलका लागि एन्फाले तयारी अघि बढाउन लागेको हो ।

सरकारले समेत अन्र्तराष्ट्रिय प्रतियोगिताको तयारी गर्न अनुमती प्रदान गरेको छ । एन्फाले सबै खेलाडीलाई ललितपुरको सातदोबाटोस्थित केन्द्रिय कार्यालयमा रहेको होस्टेलमा राखेर प्रशिक्षण गराउनेछ ।

ताजा समाचार

सम्बन्धित समाचार