Saturday, October 26, 2024

देशका ४५ वटा तुईन हटाउन नसकिने अवस्थामा

काठमाडौ, साउन २५ (हाकाहाकी)– देशभरका विभिन्न नदी र खोलामा रहेका ४५ वटा तुइन हटाउन नसकिने अवस्थामा छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत स्थानीय पूर्वाधार विभाग सस्पेन्सन बृज डिभिजन श्रीमहल पुल्चोकले दिएको जानकारी अनुसार ४५ ठाउँका तुइन हटाएर त्यहिँ झोलुंगे पुल बनाउन मिल्दैन ।

डिभिजनका इञ्जिनियर दिनविनोद खड्काले तुइनका तलमाथि ठाउँ पहिचान गरी झोलुंगे पुल बनाउने काम भए पनि ४५ ठाउँका तुइन हटाउन सम्भव नदेखिएको बताउनुभएको छ ।

इञ्जिनियर खड्काका अनुसार ललितपुरकै चार स्थानमा रहेका तुइन विस्थापन गर्न सकिने अवस्था छैन । काउसे वेशीमा बागमती, हेल्टारमा दुर्लुङखोला, कटुनवेशीमा बागमती, छाँगाटार (छालवेशी) मा बागमती नदीमाथि रहेका तुइन हटाएर त्यहाँ नै झोलुंगे पुल बनाउने अवस्था छैन ।

डिभिजनका अनुसार २०७२ देखि ०७७ असारसम्म एक सय २८ वटा तुइन विस्थापन भइसकेका छन् । सरकारले तुइन, डुंगा र फड्के विस्थापन गरी ती ठाउँमा झोलुंगे पुल बनाउने योजना अगाडि सारेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार