Tuesday, December 24, 2024

मनसुन न्यूनचापिय रेखा तराई नजिक

काठमाडौ, साउन २५ (हाकाहाकी)– मनसुन न्यूनचापीय रेखा तराई भूभाग नजीक रहेकाले भोलिसम्म देशका धेरैजसो स्थानमा वर्षा हुने भएको छ ।

पर्सीसम्म देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्् प्रतिभा मानन्धरले बताउनु्भयो ।

यही साउन २७ गतेसम्म देशभर मनसुनी गतिविधि बढ्ने जनाइएको छ । जल तथा मौसम विज्ञान विभागले आउने २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दैै प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षासमेत हुन सक्ने जनाएको छ ।

त्यसैले ती स्थानका नदीमा पानीको बहाव बढ्ने र पहाडमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आज देशभर सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन ÷ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार