Saturday, October 26, 2024

कोरोना संक्रमण फैलिदै गर्दा सर्वसाधारण सार्वजनिक साधन उभिन बाध्य

काठमाडौ, साउन २५ (हाकाहाकी)– सार्वजनिक सवारीमा यात्रु उभिएर यात्रा गर्न बाध्य भएको पाइएको छ ।

फैलँदो कोरोना भाइरसको संक्रमणबाट बच्न यातायातमा जोरबिजोर प्रणाली लागू गरिएपछि सार्वजनिक सवारीमा यात्रु उभिएर यात्रा गर्न बाध्य भएको पाइएको हो ।

यात्रुको यो बाध्यतासँगै कोरोना सर्ने जोखिम उच्च रहेको छ । कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा जाने भएकाले भीडभाड हुने जुनसुकै स्थानमा रोग सर्ने जोखिम उच्च रहने नेपाल चिकित्सक संघका अध्यक्ष डा.लोचन कार्कीले बताउनुभएको छ ।

यातायात पूर्वाधारको राम्रो व्यवस्था नभएको र कार्यालय सञ्चालनमा रहेकाले आममानिस जोर–बिजोरबीच बाध्य भएर जोखिमपूर्ण यात्रा गर्दा रोगको संक्रमण बढ्न थालेको उहाँको भनाइ छ ।

गएको बिहीबारदेखि जोर–बिजोर लागू गरिएपछि सार्वजनिक यातायातमा सिट क्षमताको ५० प्रतिशत मात्र यात्रु राख्न पाउने भनी यसअघि यातायात व्यवस्था विभागले लागू गरेको नियमको पनि पालना नभएको यात्रुको गुनासो छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले भने उपत्यका बाहिर सार्वजनिक यातायात चल्न नदिएपनि रातो प्लेटका सवारीमा बढी भाडा तिरेर राजधानीमा यात्रु आइरहेको बताउनुभएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार