Sunday, October 27, 2024

भारतीय सेनाद्धारा नेपाली सेनालाई १० वटा आइसियु भेन्टिलेटर प्रदान

काठमाडौ, साउन २५ (हाकाहाकी)– कोभिड–१९ का बिरामीहरुको उपचारमा प्रयोग गर्न भारतीय सेनाले नेपाली सेनालाई दश वटा ‘आइसियु भेन्टिलेटर’ प्रदान गरेको छ ।

नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले ती भेन्टिलेटर प्रधानसेनापति पूर्णचन्द्र थापालाई जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा प्रदान गर्नुभयो ।

मानवीय सहायता तथा राहतका लागि लामो समयदेखि भारतीय सेनाले नेपाली सेनालाई सहयोग गर्दै आएको छ । दुई देशका सेनाबीच रहि आएको निरन्तर मानवीय सहयोग अन्तर्गत भेन्टिलेटरहरू उपहारस्वरुप प्रदान गरिएको यहाँस्थित भारतीय राजदूतावासले जनाएको छ ।

हस्तान्तरणका क्रममा राजदूत क्वात्राले कोभिड–१९ विरुद्घको लडाइँमा विजय प्राप्तिका लागि नेपालका जनतालाई सबै आवश्यक सहयोग पु¥याउन भारत प्रतिबद्घ रहेको बताउनुभयो । प्रधानसेनापति थापाले स्वास्थ्य उपकरण प्रदान गरेकामा भारतीय सेनाप्रति आभार व्यक्त गर्नुभएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार