Sunday, October 27, 2024

धनुषामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका २ जनाको मृत्यु

काठमाडौ, साउन २५ (हाकाहाकी)– कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका धनुषाका दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा एक जना अस्पतालका चौकीदार र अर्का नेपाली काँग्रेसका नेता छन् । धनुषाको मिथिला विहारी नगरपालिका–५ घर भएका ४५ वर्षीय पुरुषको एक्कासि ज्वरो र रुघाखोकीका साथै श्वास फेर्न समस्या भएपछि शनिबार राति उपचारका लागि ल्याउने क्रममा मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

प्रजिअ भट्टराईका अनुसार ती पुरुषको शव त्यही अस्पतालमा राखिएको र स्वाब संकलन गर्ने काम भइरहेको छ ।

यसैगरी धनुषाकै शहीद नगरपालिका–८ का ५० वर्षीय नेपाली काँग्रेसका नेताको पनि जनकपुरधामस्थित काव्य अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि उहाँलाई अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा मृत्यु भएका नेताको पनि स्वाब संकलन गर्ने काम भइरहेको प्रजिअ भट्टराईले जानकारी दिनुभएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार