Sunday, October 27, 2024

आइतबार ३८० संक्रमित थपिए, उपत्यकामा ९२ जना

काठमाडौ, साउन २५ (हाकाहाकी)– आइतबार उपत्यकामा ९२ जना सहित नेपालमा ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा ९० र ललितपुरमा २ जना संक्रमित थपिएकाछन् ।

बितेको २४ घण्टामा ८ हजार ८ सय १५ जनामा गरिएको पिसीआर परीक्षणका क्रममा ३ सय ८० जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको छभने सक्रिय संक्रमितको संख्या ६ हजार ५ सय ४४ रहेको छ ।

यसैगरी, प्रवक्ता डा. गौतमका अनुसार वितेको २४ घण्टामा कोरोना निको भएर ४० जना घर फर्किएका छन ्। यो सँगै अहिलेसम्म १६ हजार तीन सय ५३ जना कोरोना संक्रमितनिको भइसकेका छन्। मन्त्रालयकाअनुसार देशभरक्वारेन्टिनमा ११ हजार ३८ जना रहेका छन् । यसैबीच, कोरोनाबाट नेपालमा ७५ जनाको मृत्यु भइसकेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार