Saturday, October 26, 2024

जनकपुरधाममा साउन ३२ गतेसम्म निषेधाज्ञा

काठमाडौ, साउन २५ (हाकाहाकी)– कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै जनकपुरधाममा जारी गरिएको निषेधाज्ञा को म्याद थप गरिएको छ ।

यसअघि सोमबार राति १२ बजेसम्मका लागि कायम रहेको निषेधाज्ञाको समय साउन ३२ गतेसम्मलाई बढाइएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले साउन ३२ गतेसम्मका लागि निषेधाज्ञाको समय थपगर्ने निर्णय भएको प्रजिअ भट्टराईले बताउनुभयो । उहाँका अनुसार जनकपुरधाम उपमहानगरपालिकाका साथै उत्तरमा महेन्द्रनगर बजारसम्मको क्षेत्रमा निषेधाज्ञा जारी रहनेछ ।

उहाँले निषेधाज्ञा जारी हुँदा अति आवश्यक कामबाहेक सबैलाई घरभित्र बस्न आग्रह गरिएको समेत बताउनुभयो ।

ताजा समाचार

सम्बन्धित समाचार