Sunday, October 27, 2024

उपत्यकाका तीन वटै जिप्रकामा अत्यावश्यकबाहेकका सेवा १५ दिनसम्म बन्द

काठमाडौ, साउन २५ (हाकाहाकी)– काठमाडौंका तीनवटै जिल्ला प्रशासन कार्यालय आइतबारदेखि १५ दिनका लागि सर्टडाउन अर्थात अत्याबश्यक बाहेकका सेवा बन्द भएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको अत्यधिक भीड जम्मा हुन थालेपछि तीनै प्रशासन कार्यालयले यस्तो निर्णय लिइएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिनुभएको छ ।

कोरोना तीव्र रुपमा फैलिदै गएपछि भीड बढाउन नहुने नेपाल सरकारको आदेश कार्यान्वयन गर्न १५ दिनसम्म यी तीनै कार्यालयका अत्याबश्यक बाहेकका सेवा बन्द गरीएको हो । उहाँले सरकारको निर्देशन अनुसार भीड जम्मा हुन नदिन तीनै जिल्लाका सबै कार्यालयलाई निर्देशन गरिएको बताउनुभएको छ ।

साथै यी जिल्लाका सरकारी , निजी तथा गैरसरकारी कार्यालयले पनि सामाजिक दुरी कायम गरी स्वास्थ्य मापदण्ड पालना गनुपर्ने , यदि यसो नभएमा कारबाहि गर्ने जनाइएको छ ।
साथै बिभिन्न व्यापारीक केन्द्र , पसल ,ब्यवसाय , होटल , रेष्टुरा ,ब्युर्टि पार्लर सञ्चालन गर्दा सामाजिक .दुरी कायम गरी स्वास्थ्य मापदण्ड पालना गर्न पनि अपिल गरीएको छ । सबै सवारीसाधन भने जोर बिजोर प्रणाली नै लागु हुने पनि सहायक प्रजिअ पौडेलले बताउनुभयो ।

यसैगरी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आजदेखि १५ दिनसम्म अत्यावश्यक सेवामात्र प्रवाह गर्ने भएको छ ।

काठमाण्डौ उपत्यकामा कोभिड(१९ को जोखिम बढेको भन्दै विभागले आजदेखि केही सेवा अनलाइनबाटै लिन सकिने व्यवस्था गरे पनि कार्यालयमा भीडभाड बढेपछि अत्यावश्यकबाहेकका सेवा केही दिनका लागि स्थगन गरेको हो । तत्कालका लागि विभागले नयाँ निजी र साझेदारी फर्म दर्ता, अत्यावश्यक वस्तु आयात गर्नेबाहेक अरु व्यापारमुलक प्रकृति भएका प्राइभेट लिमिटेड (प्रालि)को इजाजतसम्बन्धी सेवा स्थगित गरिएको जनाएको छ । यस्तै निजी र साझेदारी फर्म नवीकरण, संशोधन र खारेजी तथा एजेन्सी नवीकरणका काम दैनिक बढीमा २० र २० वटा गरिनेछ ।

यो अवधिमा बजार अनुगमन, आयातरनिर्यात अनुमति तथा इजाजत र मुद्दासम्बन्धी काम भने नियमित सञ्चालन हुने विभागले जनाएको छ । विभागले अत्यावश्यक सेवा लिन आउँदा अनिवार्य मास्क लगाउन र व्यक्तिगत दूरी कायम गर्न पनि सेवाग्राहीसँग आग्रह गरेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार