Sunday, October 27, 2024

प्यूठानको माडी खोलामा २ बालक बेपत्ता

काठमाडौ, साउन २५ (हाकाहाकी)– प्युठानको माडीखोलामा साइकलसहित दुई बालक खसेर बेपत्ता भएका छन ।

जिल्लाको स्वर्गद्वारी नगरपालिका ७ सोत्रे निवासी सञ्जय पार्धेका छोरा अन्दाजी १० वर्षीय सञ्जोक पार्धे र गोपाल गौतमका छोरा अन्दाजी १० वर्षीय विपीन गौतम बेपत्ता भएको प्रहरीले बताएको छ ।

घर नजिकैको सडकमा साइकल चलाउँदै गर्दा सोत्रेढिकबाट करिब ९० मिटर तल माडीखोलामा खसेर उनीहरू बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरीले जनाएको छ ।

हिजोरातिसम्म प्रहरी र स्थानीयवासीहरूले उनीहरूको खोजीकार्य गरेपनि रात परेका कारण खोजीमा स्थगित भएको छ । विभिन्न प्रहरी पोष्टमा सूचना जारी गरी आज बिहानैदेखि खोजीकार्य सुरू गर्ने तयारी भएको छ । अहिले माडीखोलामा निकै ठूलो धमिलो बाढी आएकाले खोजीकार्यमा समस्या भएको प्रहरीले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार