Sunday, October 27, 2024

आइतबार र सोमबार मध्य र पश्चिम नेपालका अधिकांस स्थानमा झरीको संभावना

काठमाडौ, साउन २५ (हाकाहाकी)– आइतबार र सोमबार झरीको संभावना रहेकाले बाढी, पहिरोको र डुबानको जोखिम उच्च रहेको मौसम पूर्वानुमान महाहशाखाले जनाएको छ ।

मनसुनी न्यूनचापीय रेखा नेपाल नजिकै रहेकाले देशका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको महाशाखाले जानकारी दिएको छ ।

महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आइतबार पूर्वको तुलनामा पश्चिम र मध्य क्षेत्रका धेरै ठाउँमा पानी पर्ने संभावना छ । केही ठाउँमा ठूलो पानी पर्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम बढेको भन्दै उहाँले तटीय क्षेत्र, भिरालो जमिन र निकास नहुने ठाउँका मानिसलाई सावधानी अपनाउन आग्रह गर्नुभयो ।

आइतबार प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्ने र अरु धेरैजसो ठाउँमा मेघगर्जनसहित हल्कादेखि मध्यम खालको पानी पर्ने संभावना छ ।

आइतबार र सोमबार झरी परे पनि पर्सि दिउँसोदेखि भने पानी पर्ने क्रम कम हुँदै जाने महाशाखाले जनाएको छ ।

यसैबीच कैलाली, कन्चनपुर र बर्दियाको धेरै ठाउँमा निकै ठूलो पानी परेकाले टिकापुर आसपासको क्षेत्र डुबानको उच्च जोखिम परेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार