Sunday, October 27, 2024

मोरिससमा पानीजहाजबाट तेल चुहिँएपछि वातावरणीय आपतकाल

काठमाडौ, साउन २५ (हाकाहाकी)– पूर्वी अफ्रिकी देश मोरिससले पानीजहाजबाट तेल चुहिएर अवस्था थप गम्भीर बन्दै जान थालेपछि वातावरणीय आपतकाल घोषणा गरेको छ ।

हिन्द महासागरमा अवस्थित आइल्याण्ड राष्ट्र मोरिससले पानीजहाजबाट तेल चुहिएर समुद्रमा जान थालेपछि अवस्था गम्भीर बन्ने भन्दै वातावरणीय आपतकाल घोषणा गरेको हो ।

एमभी वाकाशिना नाम गरेको पानी जहाज गएको जुलाई २५ देखि हिन्द महासागरमा फसेको थियो । यो पानी जहाजको चालक दलका सदस्यहरुलाई उद्धार गरिए पनि पानी जहाजको व्यवस्थापन हुन सकेको थिएन । त्यसयता सागरमा त्यसै अलपत्र रहेको पानी जहाजबाट इन्धन समुद्रमा चुहिन थालेपछि वातावरणीय संकटको अवस्था आएको हो ।

सामान ढुवानी गर्ने पानीजहाजबाट ठूलो मात्रामा तेल चुहिएर समुद्रको पानीमा मिसिन थालेको थियो । अहिले इन्धन समुद्रमा मिसिने क्रम तीव्र बनेपछि मोरिससका प्रधानमन्त्री प्राविन्द जुगनौतले वातावरणीय आपतकालको अवस्था घोषणा गनुृभएको छ ।

उहाले आफ्नो देशसँग सो पानी जहाजबाट उत्पन्न परिस्थिति नियन्त्रणमा लिन वा पानीजहाजबाट भइरहेको इन्धनको चुहावट नियन्त्रणमा लिने प्राविधिक क्षमता र दक्षता नरहेको भन्दै फ्रान्ससँग सहयोगका लागि अपिल गर्नुभएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार