Sunday, October 27, 2024

व्यापारीहरुमा कोरोना पुष्टि भएपछि न्यूरोडलगायतका भिडभाड हुने क्षेत्र बन्द गरिने

काठमाडौ, साउन २३ (हाकाहाकी)– व्यापारीमा कोरोना देखिएपछि न्युरोड क्षेत्रका केही पसल तथा कार्यालयहरु बन्द हुने भएका छन् ।

काठमाडौं महानगरपालिका वडा २२ वडाअध्यक्ष चीनीकाजी महर्जनले सूचना जारी गर्दै बन्द गर्न निर्देशन दिनुभएको हो । न्युरोडको उत्तरी क्षेत्रमा रहेका पसलहरु तथा कार्यलहरु बन्द गर्ने विषयमा वडा समिति सदस्य, व्यापारी, स्थानीय संघसस्थाका प्रनिनिधिहरुबीच भएको सहमतिअनुसार पसल तथा कार्यालय बन्द गर्ने निर्णय भएको वडाअध्यक्ष महर्जनले बताउनुभयो ।

काठमाडौं महानगरपालिका वडा नम्बर २२ अन्तर्गत व्यापार गर्ने केही व्यापारीमा कोरोना संक्रमण देखिएकाले अन्य व्यपारीको पीसीआर रिपोर्ट नआएसम्म बन्द गर्ने निर्णय भएको काठमाडौं महानगपालिका वडा नम्बर २२ का वडाध्यक्ष चीनीकाजी महर्जनले बताउनुभयो।

उहाँले केही व्यपारीमा कोरोना पुष्टि भएकाले बाँकी अरुको पीसीआर रिपोर्ट नआएसम्मको लागि बन्द गर्न लागिएको बताउनुभयो ।

ताजा समाचार

सम्बन्धित समाचार