Sunday, October 27, 2024

शुक्रबार कोरोनाबाट ५ जनाको मृत्यु, उपत्यकामा १०६ संक्रमित थपिए

काठमाडौ, साउन २३ (हाकाहाकी)– कोरोना संक्रमणबाट शुक्रबार पाँच जनाको मृत्यु भएको छ । मृतकको कुल संख्या ७० पुगेको छ ।

जनसंख्या तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतममा अनुसार पर्साका ३ जना, सर्लाहीका १ जना र रौतहटको एक जनाको मृत्यु भएको हो । देशका विभिन्न अस्पतालहरुमा उपचाररत अवस्थामा उनीहरुको मृत्यु भएको हो ।

यसैगरी शुक्रबार ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि भएका मध्ये १ सय २ जना काठमाडौ उपत्यकाका छन् । यीमध्ये काठमाडौका ९२, भक्तपुरका ४ र ललितपुरका १० जना छन् ।

यसैगरी विगत २४ घण्टामा ७ हजार ९ सय २६ जनाको पिसिआर परीक्षण गरिएको थियो । अहिले देशभरमा गरी ६ हजार ३ सय ३० सक्रिय संक्रमति छन् । उनीहरुको आइसोलेशनमा उपचार भइरहेको छ ।

प्राप्त विवरण अनुसार ललितपुरस्थित पाटन अस्पतालको आईसीयूमा उपचाररत ४५ वर्षीय पुरुष र ४१ वर्षीय महिला, विराटनगरमा १ जनाको मृत्यु भएको हो । कोरोनाका शंकास्पद एक जना व्यक्तिको विरगंजमा मृत्यु भएको छ ।

पाटन अस्पतालमा उपचाररत सर्लाहीका ४५ वर्षीय पुरुषलाई कुकुरले टोकेको थियो र, १९ गते अस्पताल भर्ना भएका थिए । आईसीयूमा भर्ना भएका उनको इन्सेफ्लाटिसको समेत उपचार भइरहेको थियो । उनको आज विहान ८ बजेर ४० मिनेटमा मृत्यु भएको हो । यस्तै रुपन्देही, सुनौलीकी ४१ वर्षीया महिला पनि १९ गते नै अस्पताल भर्ना भएकी थिइन् ।

पाठेघरको क्यान्सर र निमोनियाको विरामी उनको उपचारका क्रममा आज ११ बजेतिर मृत्यु भएको स्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले जानकारी दिनुभएको छ । यसैगरी विराटनगरस्थित कोसी अस्पतालमा मृत्यु भएका ५८ वर्षीय पुरूषमा कोरोना पुष्टि भएको छ । विराटनगर निवासीको स्वाब परीक्षण गर्दा संक्रमण पोजेटिभ देखिएको अस्पतालका प्रवक्ता लक्ष्मीनारायण यादवले जानकारी दिनुभयो । शुक्रबार बिहान सवा नौ बजे अस्पताल ल्याउँदा–ल्याउँदै बाटोमै ती पुरुषको मृत्यु भएको थियो।
मृतकका आफन्तले ती पुरूषमा निमोनिया, ज्वरो, खोकी र रक्तचापको समस्या रहेको अस्पताललाई जानकारी गराएका छन् । वीरगञ्जस्थित नारायणी अस्थायी कोभिड विशेष अस्पतालमा एक जनाको मृत्यु भएको छ ।

यसैगरी कोरोनाका शंकास्पद वीरगञ्ज–३ छपकैयाका ६५ वर्षका पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । कोभिड अस्पतालको इमर्जेन्सी कक्षमाउपचारको क्रममाउनको मृत्यु भएको डा. निरज सिंहले जानकारी दिनुभएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार