Sunday, October 27, 2024

श्रीकृष्ण जन्माष्टमीमा कृष्ण मन्दिर नखुल्ने

काठमाडौ, साउन २३ (हाकाहाकी)– आगामी मंगलबार साउन २७ गते पर्ने श्रीकृष्ण जन्माष्टमीका दिन पाटनको कृष्ण मन्दिर बन्द हुने भएको छ ।

ललितपुर महानगरपालिका र मंगलबजारको मंगल टोलसुधार समितिले कृष्ण मन्दिर बन्द गर्ने निर्णय गरेको हो ।

कृष्ण जन्माष्टमीका दिन कृष्णमन्दिरमा श्रद्धालु भक्तजनको ठूलो भीड लाग्छ । कोरोना महामारी फैलिरहेका कारण मन्दिर बन्द गर्न लागिएको ललितपुर महानगरपालिकाका प्रशासन प्रमुख श्रीभद्र ओझा र मंगल टोल सुधार संघका अध्यक्ष किरणमान प्रधानले विज्ञप्ति निकालेर जानकारी दिनुभएको छ । यस दिन आआफ्नो घरभित्र पूजा गरी परम्परालाई निरन्तरता दिन उनीहरुले आग्रह गरेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार