Sunday, October 27, 2024

कोभिड–१९ भ्याक्सिनको अनुसन्धानमा राजनीतिक दबाव नहुने अमेरिकी विशेषज्ञको भनाई

काठमाडौ, साउन २२ (हाकाहाकी)– कोभिड १९ भ्याक्सिन खोप अनुसन्धान र निर्माणमा कुनै राजनीतिक दबाब नहुने अमेरिकाका संक्रमण रोग बिशेषज्ञ डा.एन्थोनी फाउजीले बताउनुभएको छ ।

फाउजीले अमेरिकी नियामक निकाय र बैज्ञानिहरुलाई कोभिड १९ को भ्याक्सिनको खोप अनुसन्धान र निर्माणमा कुनै राजनीतिक दबाब नहुने आश्वासन दिनुभएको बिबिसीले उल्लेख गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउने नोभेम्बरमा हुने राष्ट्रपतिय निर्वाचनका अघि नै खोप तयार गर्न बैज्ञानिकरुहलाई दबाब दिइरहेको बेला डा.फाउजीको यो भनाई सार्वजनिक भएको हो ।

सिएनएन संग कुरा गर्दै डा.फाउजीले सन् २०२१ को अन्त सम्ममा खोपको करौडौं डोज तयार हुने बताउँदै खोप बन्ने प्रक्रिया सकारात्मक सावित हुने प्रतिक्रिया दिनुभएको खबरमा उललेख छ । अमेरिकामा कोरोनो भाइरसका कारण अहिले सम्म १ लाख ६१ हजार ६ सय बढीको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ४९ लाख ७३ हजार नाघेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार