Sunday, October 27, 2024

दुई सय बढि कोरोना संक्रिमित जिल्लामा जोर–बिजोर प्रणाली

काठमाडौ, साउन २२ (हाकाहाकी)– उपत्यका लगायत सक्रिय संक्रमित २ सय भन्दा बढी भएका जिल्लामा सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गरीएको छ।

आज जोर नम्बरका मात्र सवारी साधन सञ्चालन मा आएका छन् । देशैभरि कोरोना सङ्क्रमण फैलिएको भन्दै गृह मन्त्रालयले आजदेखि फेरि जोर–बिजोर लागू गर्ने निर्णय गरेको हो ।

यसैगरी आजदेखि नै लागु हुनेगरी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म हिडडुलमा समेत रोक लगाएको छ । अत्यावश्यकीय सवारी साधन र उपचारका लागि भने बाटोमा रहेका सुरक्षाकर्मी वा प्रमुख जिल्ला अधिकारीसंग समन्वय गर्न गृहका प्रबक्ता बुढाले जानकारी दिनुभएको छ ।

यस्तै काठमाण्डौ प्रवेश गर्ने ढुवानीबाहेकका सबै गाडीलाई बेलुकी ७ देखि बिहान ७ बजेसम्म प्रवेशमा रोक लगाइएको छ । अन्तर्राष्ट्रिय सीमा नाकामा थप कडाइ गर्ने र सामूहिक भोज भतेर र समारोह पूर्ण रुपमा बन्द गर्न पनि गृह मन्त्रालयले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार