Sunday, October 27, 2024

प्लाज्मा थेरापी विधिबाट उपचार गरिएका कोरोना संक्रमित निको भए

काठमाडौ, साउन २३ (हाकाहाकी)ं– पहिलो पटक प्लाज्मा थेरापी विधिबाट उपचार गरिएका कोरोना संक्रमित पुरूष निको भएका छन् । ग्रान्डी अस्पतालमा उपचाररत् उहाँलाई आजै डिस्चार्ज गरिने अस्पताल ले जनाएको छ ।

विराटनगर निवासी ६० वर्षीय पुरूष गत साउन १० गते टिचिङ अस्पताल भर्ना हुनुभएको थियो । भर्ना हुँदा उहाँलाई निमोनिया र श्वासप्रश्वासको समस्या रहेको हुदा आइसियूमा राखेर उपचार गरिएको थियो।

भर्ना भएको पाँचौं दिन देखी उहाँमा ’प्लाज्मा थेरापी’ बाट उपचार अगाडि बढाइएको टिचिङका कोभिड फोकल पर्सन डाक्टर सन्तकुमार दासले बताउनु भयो ।

उहाँले प्लाज्मा थेरापी कोरोनाका गम्भीर प्रकृतिका संक्रमितको उपचारमा प्रयोग गर्न प्रभावकारी हुने बताउनु भयो । पहिलोपटक गरिएको ’प्लाज्मा थेरापी’ उपचार सफल देखिएपछि सरकारले थप १२ वटा अस्पतालहरूलाई यो विधिबाट उपचार गर्न अनुमति दिएको छ । जसमा चार वटा निजी र बाँकी सरकारी अस्पताल रहेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार