Sunday, October 27, 2024

प्रधानमन्त्री कोरोना संक्रमित नजिकको सूचीमा

काठमाडौ, साउन २३ (हाकाहाकी)– प्रधानमन्त्री केपीशर्मा ओली कोराना संक्रमित नजिकको सम्पर्क सूचीमा पर्नुभएको छ ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री ओली कोराना संक्रमित नजिकको सम्पर्क सूचीमा पर्नुभएको हो ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री यादव साउन १४ प्रहरी समायोजनसम्बन्धी समन्वय समितिको बैठकमा सहभागी हुनु भएको खबरमा उल्लेख छ ।

समितिमा रहेका प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्रीहरु, संघीय सरकारका गृहमन्त्री लगायतले बालुवाटार पुगेर प्रधानमन्त्रीसँग छलफल गर्नुभएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको टेस्टिङ गाइडलाइन अनुसार संक्रमितसँग सम्पर्कमा आएका व्यक्ति सम्भावित संक्रमित हुन सक्ने र उनीहरुको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गर्नु पर्ने छ ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री यादवलाई कोरोना संक्रमण पुष्टि भए सँगै तयस समयका बालुवाटारमा छलफलमा सहभागी सबैको परिक्षण गर्नु पर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशक डा. वासुदेव पाण्डे बताउनु हुन्छ ।
मन्त्री यादवले साउन १९ गते स्वाब दिनुभएको थिए । उहा सँगै चालक, व्यक्तिगत सुरक्षा गार्ड , अंगरक्षक र सशस्त्र प्रहरीका एक जवानमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैबीच प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने प्रधानमन्त्रीको गत शनिबार नै परीक्षण भइसकेको बताउनुभयो । बालुवाटारमा भएका सुरक्षाकर्मीको समेत परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको सल्लाहकार थापाले बताउनु भएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार