Sunday, October 27, 2024

बिहीबार वीरगंजमा ४३ जनामा संक्रमण पुष्टि

काठमाडौ, साउन २२ (हाकाहाकी)– बिहीबार पर्साको वीरगंजमा ६ महिला र ३७ पुरुष गरी कुल ४३ जानामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित दुई जना बाराका र अरु ४१ जना पर्साको विभिन्न ठाउँका रहेको खबरमा उल्लेख छ । संक्रमितहरु ७ वर्षदेखि ७३ वर्ष उमेर समूहका रहेका छन् ।

यसैगरी इलाममा बिहीबार १६ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण फेला परेको छ यही साउन साउन १८ गते स्वाब लिइएका ४२ सशस्त्र प्रहरीमध्ये १६ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

सशस्त्र प्रहरी एक नम्बर गण बाहिनीमा कार्यरत सशस्त्रमा कोरोना सङ्क्रमण देखिएको हो । साउन १८ गते ४२ सशस्त्र र अन्य गरी ६८ जनाको स्वाब सङ्कलन गरेर पठाइएको थियो । हालसम्म यो गणमा जम्मा ४६ सशस्त्रमा कोरोना पुष्टि भइसकेको स्वास्थ्य कार्यालय इलामका कोरोना फोकल पर्सन विमल बरालले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लामा हालसम्म दुई नेपाली सेना र एक प्रहरीमा समेत कोरोना पुष्टि भइसकेको छ भने अन्य गरी इलाममा कोरोना सङ्क्रमितको सङ्ख्या ७६ पुगेको छ । त्यस्तै १५ गते नै इलामको रोङ गाउँपालिकाबाट समेत १ सय ५४ जनाको स्वाब सङ्कलन गरेर पठाइएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ । क्वारेन्टिनमा बसेका, गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीको रिपोर्ट नेगेटिभ आएको हो । कोरोना फोकल पर्सन बरालका अनुसार इलाममा समुदायमा कोरोना नफैलिएकाले ढुक्क हुन सर्वसाधारणलाई उहाँले आग्रहसमेत गर्नुभयो ।

ताजा समाचार

सम्बन्धित समाचार