Sunday, October 27, 2024

भारतमा कोरोना संक्रमितको संख्या १९ लाख नाध्यो

काठमाडौ, साउन २१ (हाकाहाकी)– भारतमा ‘कोभिड १९’ संक्रमितको संख्या १९ लाख नाघेकोे छ ।

गत २४ घण्टामा भारतमा ५२ हजार ५०९ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या १९ लाख ८ हजार २५४ पुगेको त्यहाँको केद्रिय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

भारतमा गत २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण ८५७ जनाको मृत्यु भएको छ भने कूल मृतकको सङ्ख्या ३९ हजार ७९५ जना पुगेको छ । सरकारी अधिकारीका अनुसार भारतमा कोरोना भाइरस सङ्क्रमितमध्ये बाह्र लाख ८२ हजार २१५ व्यक्ति निको भएर फर्किएका छन् ।

हाल भारतमा पाँच लाख ८६ हजार २४४ जना कोरोना भाइरस सङ्क्रमित अवस्थामा रहेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार