Sunday, October 27, 2024

भदौ १ देखि दैनिक ४८ उडानलाई अनुमति

काठमाडौ, साउन २१ (हाकाहाकी)– आन्तरिक एयरलाइन्सहरुले भदौ १ गतेदेखि दैनिक ४८ उडान गर्न पाउने भएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले ४८ वटा उडानलाई स्वीकृती दिएको हो । प्राधिकरणले शहरी क्षेत्रका विमानस्थल (ट्रङ्क रुट) मा ३९ वटा उडान र दुर्गममा हुने उडान (स्टल) का लागि नौ वटा गरी दैनिक ४८ वटा उडानलाई अनुमति दिइएको हो ।

उडान खुल्ने भएपछि आन्तरिक उडानका वायुसेवा कम्पनीले पूर्व तयारी तीव्र पारेको जनाएका छन् । बुद्ध एयर, यती एअरलाइन्स, श्री एयरलाइन्स लगायत ठूला कम्पनीले सुरक्षित उडानका लागि विशेष तयारी गरिरहेको जनाएका छन् ।

वायुसेवा सञ्चालकहरुको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घ नेपालका प्रवक्ता योगराज कँडेल शर्माले ट्रङ्क रुटमा अहिलेलाई ४८ उडान प्राधिकरणबाट स्वीकृत भएको बताउनु भयो ।

ताजा समाचार

सम्बन्धित समाचार