Sunday, October 27, 2024

धरानमा बुधबार मध्यरातबाट अत्यावश्यकबाहेक सबै सेवा बन्द

काठमाडौ, साउन २१ (हाकाहाकी)– धरानमा बुधबार मध्यरातदेखी अत्यावश्यक बाहेक सबै सेवा बन्द हुनेछ ।

धरान उपमहानगरपालिकाको बुधबारको बैठकले समुदायमा संक्रमण फैलिएको अनुमान गर्दै एक साता लकडाउन गर्ने निर्णय गरेको उपमेयर मञ्जु भण्डारी सुवेदीले जानकारी दिनुभयो ।

उहाँले जनस्वास्थ्य विद्हरुसँग छलफल गर्दा पनि उनीहरूले एक साता लकडाउन गरेर परिस्थिति अनुसार अघि बढ्न सुझाव दिनुभयो । उपमेयर सुवेदीले समुदायमा संक्रमण फैलिएको यकिन गर्न ५ सय बढीको परीक्षण गर्ने तयारी रहेको बताउनुभयो ।

उहाँले परीक्षण गरेपछि कस्तो नतिजा आउँछ अनि त्यही अनुसार लकडाउन थप्ने वा हटाउने निर्णय गर्ने बताउनुभयो । पछिल्लो समय धरानमा विद्यार्थी र ट्रभल हिस्ट्री नभएका व्यक्तिमा पनि संक्रमण देखिन थालेको छ ।

यसैबीच, सुनसरीको इटहरी उपमहानगरपालिकाले बुधबारदेखि पाँच दिन लकडाउन हुने भएको छ । बुधबारदेखि लागू हुने गरी उपमहानगरपालिकाले ५ दिनका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।

यता इटहरी उपमहानगरपालिकाका एक इन्जिनियरमा कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै परीक्षणको दायरालाई तीब्रता दिइएको थियो । साउन १५ गते यता मात्रै ३ सय ५२ जनाको स्वाब संकलन गरिएको र तीमध्ये हिजो मात्रै ४ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि लकडाउन गर्ने निर्णय गरिएको इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले जानकारी दिनुभयो ।

ताजा समाचार

सम्बन्धित समाचार