Sunday, October 27, 2024

अत्यावश्यक कामबाहेक सिंहदरबार प्रवेशमा रोक

काठमाडौ, साउन २१ (हाकाहाकी)– कोरोनाको संक्रमण बढ्दै गएपछि सरकारले बुधबारदेखी अत्यावश्यक कामबाहेक सर्वसाधरणलाई सिंहदरबार प्रवेशमा रोेक लगाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले कोरोनाको जोखिम थप बढेका कारण भेटघाट लगायतका कामका लागि सिंहदरबार प्रवेश गर्नेहरुलाई रोक लगाएको बताउनुभयो । अत्यावश्यक काम खुल्ने कागजात देखाएर सर्वसाधारण र प्रेस पासका आधारमा सञ्चारकर्मी भने प्रवेश गर्न पाउने प्रवक्ता बुढाल बताउनुभयो ।

संक्रमणको जोखिम बढ्दै गएपछि सिंहदरबारमा चाप कम गर्न यो निर्णय गरिएको हो । अर्को निर्णय नभएसम्मका लागि अब सिंहदरबार प्रवेशका कडाइ गरिएको छ । सर्वसाधारणका लागि सिंहदरबारभित्रका विभिन्न कार्यालयले जारी गर्ने गेटपास वितरण बन्द गरिएको जानकारी दिनुभयो ।

अत्यावश्यक कामलाई भने नरोकिँएको, तर भेटघाट, गफगाफका लागि आउनेलाई भने रोकिएको प्रवक्ता बुढाले बताउनुभयो ।

ताजा समाचार

सम्बन्धित समाचार