Sunday, October 27, 2024

उपत्यकामा थप ६२ जना कोरोना संक्रमित थपिए

काठमाडौ, साउन २१ (हाकाहाकी)– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ६२ जना सहित देशभर ३ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्म्लेनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ५७ र ललितपुरमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उहाँले मुलुकभर ६ हजार ३ सय ५९ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ८१ जनामा कोरोना पुष्टि भएको बताउनुभयो ।

यो सँगै कुल संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ भने सक्रिय संक्रमितको संख्या ६ हजार १ सय ७४ रहेको छ । यसैबीच, आज १ सय ३० जना कोरोना संक्रमित मुक्त भएर घर फर्केका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या १५ हजार १ सय ५६ रहेको छ ।

प्रवक्ताडा. गौतमका अनुसार नेपालमा कोरोना मुक्त हुनेको प्रतिशत ७०.८ रहेको छ । अहिले देशभरका क्वारेन्टिनमा ९ हजार ९ सय २५ जना रहेका छन् भने आइसोलेशनमा ६ हजार १ सय ७५ जना रहेका छन् ।

त्यस्तै मृतक ६० जनामा कोरोना पुष्टि भएको छ । मृतकमध्ये पछिल्लो २४ घण्टामा थप २ जनामा कोरोना पुष्टि भएको प्रवक्ता डा. गौतमले बताउनुभएको हो ।

ताजा समाचार

सम्बन्धित समाचार