Sunday, October 27, 2024

कोरोनाका कारण स्थगित युरोपा लिग फुटबल बुधबारदेखि सुचारु हुदै

काठमाडौ, साउन २१ (हाकाहाकी)– कोरोना भाईरसको कारण करिब पाँच महिना स्थगित युरोपा लिग फुटबल बुधबारदेखि पुनः सुचारु हुँदैछ ।

युरोपा लिग आज अन्तिम १६ अन्तर्गत विभिन्न चार खेलहरु हुनेछन् । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले अष्ट्रियन क्लब लिन्जेर एथ्लेटिक स्पोर्ट्स क्लब (एल.ए.एस.के) सँग खेल्नेछ । खेल राति पौने १ बजे सुरु हुनेछ ।

पहिलो लेगमा फराकिलो जित निकालेको युनाइटेड एल.ए.एस.केलाई हराएर क्वाटरफाइनलमा पुग्न चाहन्छ । पहिलो लेगमा युनाइटेडले ५–० को जित निकालेको थियो । एल.ए.एस.केलाई भने फराकिलो जित बाहेक अन्य विकल्प छैन । यस्तै इटालियन क्लब इन्टर मिलानले स्पेनिस क्लब गेटाफेसँग खेल्नेछ । दुवै टोलि जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने लक्ष्यसहित मैदान उत्रनेछ । अन्तिम १६ अन्तर्गत नै एफसी कोपन हेगनले इस्तानबुलसँग खेल्नेछ । त्यस्तै शाख्तर डोनेस्कले वुल्फवर्गसँग खेल्नेछ ।

ताजा समाचार

सम्बन्धित समाचार