Sunday, October 27, 2024

बिदेशमा अलपत्र परेका ३७ हजार ४ सय बढि स्वदेश फर्किए

काठमाडौं, साउन १८ (हाकाहाकी)– कोरोना भाइरस संक्रमणका कारण विदेशमा अलपत्र परेका ३७ हजार ४ सय २४ नेपाली स्वदेश फर्किएका छन् ।

गैरआवासीय नेपाली संघ, नेपाली दूतावास र कूटनीतिक नियोग लगायतसँगको सहकार्यमा उनीहरुको उद्धार गरिएको हो ।

हालसम्म विदेशमा रहेका नेपालीहरुको उद्धारका लागि हिमालय र नेपाल एयरलाइन्सले उडान गरिरहेका छन् । साउन १६ सम्म २४१ वटा उडान भएका छन् । सरकारले विदेशमा रहेका नेपालीहरुको उद्धारका लागि थप ५४ उडान गर्न अनुमति दिएको छ । उद्धार उडान आउने शनिबार अर्थात् (८ अगस्त) सम्म हुनेछ ।

चौथोपटक अनुमति दिइएका मुलुक तथा सहरमा जापान, मलेसिया, चीन, कुनमिङ, अस्ट्रेलिया, जेद्दा, दुबई, रियाद, कुवेत, कतार, दमाम, अबुधाबी र सारजाहा छन् ।

गैरआवासीय नेपाली संघले ती स्थानमा रहेका आफ्ना समन्वय समितिलाई आवश्यक सबै सहयोग गर्न निर्देशन दिइसकिएको गैरआवासीय नेपाली संघको ‘कोभिड १९’ उच्चस्तरीय समितिको प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभएको छ ।

यस्तै सरकारले कोभिड–१९ को विश्वव्यापी संक्रमणको कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपाली कामदारको उद्धार गरी स्वदेश फिर्ता गर्नेसम्बन्धी निर्देशिका, २०७७” स्वीकृत गर्दै विदेशमा अलपत्र नेपालीलाई उद्धार सुरु गरेको छ । सरकारले वैदेशिक रोजगारीमा गएका र अलपत्र परेका नेपालीहरुको उदारको लागि ७५ करोड छुट्याएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार