Sunday, October 27, 2024

टिचिङ अस्पतालमा प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार

काठमाडौ, साउन १८ (हाकाहाकी)– नेपालमा पहिलोपटक महाराजगञ्जस्थित टिचिङ अस्पतालमा प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार गरिएको छ ।

विराटनगरका ६० वर्षीय कोरोना संक्रमित पुरूषको प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको अस्पतालका डा. सन्तकुमार दासले जानकारी दिनुभएको छ ।

डा. दासका अनुसार गएको साउन १० गते संक्रमित पुरूष अस्पताल भर्ना हुँदा उहाँमा निमोनियाको समस्या थियो । ती पुरुषलाई आइसियूमा राखेर उपचार गरि राखिएको थियो । पछि उहाँलाई भेन्टिलेटरमा राख्नुपर्ने स्थिति पनि आएको दासले बताउनुभयो ।
गएको बिहीबार भने निको भएका व्यक्तिको प्लाज्मा संक्रमित पुरूषलाई दिएपछि उल्लेख्य सुधार आएको छ । डा. दासका अनुसार अहिले उहाँको निमोनिया पनि ७० प्रतिशत सुधार भएको छ ।

प्लाज्मा थेरापी कुनै पनि रोगविरुद्धको प्रतिरोधी क्षमता (एन्टिबडी) विकास भएका मानिसको रगतमा भएको प्लाज्मा बिरामीको शरीरमा पठाई बिरामीलाई रोगविरुद्ध लड्न सक्ने बनाउने अभ्यास हो । प्लाज्मा थेरापी कोरोनाका गम्भीर प्रकृतिका संक्रमितको उपचारमा प्रयोग गर्न प्रभावकारी मानिन्छ ।

प्लाज्मा थेरापी विधिबाट उपचार गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले अनुसन्धान गरिरहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार