Sunday, October 27, 2024

पछिल्लो २४ घण्टामा २४६ संक्रमित, काठमाडौंमा ३१

काठमाडौ, साउन १८ (हाकाहाकी)– नेपालमा पछिल्लो २४ घण्टामा थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले ८ हजार ८६१ को पीसीआर परीक्षण गर्दा २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनुभएको छ ।

योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ६७२ पुगेको छ । मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २० हजार ३३२ रहेको छ । यसैबीच, काठमाडौं उपत्यकामा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २२, ललितपुरमा ८ र भक्तपुरमा १ जना संक्रमित भेटिएका छन् । मन्त्रालयले संक्रमितको ठेगाना भने खुलाएको छैन । यस्तै, पछिल्लो २४ घण्टामा १११ जना उपचारपछि निको निको भएर घर फर्केका छन् । योसँगै निको हुनेको संख्या १४ हजार ६०३ रहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार