Sunday, October 27, 2024

कोरोनाबाट भारत उत्तर प्रदेशकी मन्त्रीको मृत्यु

काठमाडौ, साउन १८ (हाकाहाकी)– कोरोना संक्रमणका कारण भारतमा प्रदेश मन्त्रीको मृत्यु भएको छ ।

बीबीसी हिन्दीका अनुसार कोरोना संक्रमणबाट उत्तर प्रदेश मन्त्रिपरिषदकी मन्त्री कमला रानी वरुणको निधन भएको हो । उहाँलाई गएको जुलाई १८ तारिख कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसपछि मन्त्री कमलालाई लखनऊस्थित एसजीपीजीआई अस्पतालमा भर्ना गरिएको थियो । तर उपचारकै क्रममा आज बिहान उहाँको निधन भएको बीबीसी हिन्दीले लेखेको छ । उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले मन्त्री कमलाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । यसैकारण उहाँले आज अयोध्या जाने कार्यक्रमसमेत स्थगीत गर्नुभएको छ ।

कमला उत्तर प्रदेश (यूपी) सरकारकी शिक्षामन्त्री थिइन्। सन् २०१७ मा भारतीय जनता पार्टीले उहाँलाई कानपुरको घाटमपुरबाट निर्वाचनमा उम्मेदवार बनाएको थियो ।

उहाँ त्यहाँबाट जित्ने पार्टीको पहिलो विधायक बन्नुभएको थियो । त्यसपछि गएको वर्ष मात्र उहाँलाई मन्त्री बनाइएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार