Monday, October 28, 2024

सोमबार रातीदेखि ४ दिनसम्म भारी बर्षाको संभावना

काठमाडौ, साउन ११ (हाकाहाकी)– सोमबाररातिदेखि कम्तीमा चार दिन फेरि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार भोली रातिदेखि न्यून चापीय रेखा नेपाल नजिकै रहने तथा अरब सागरबाट जलवाष्पयुक्त हावा पनि प्रशस्त्र मात्रामा भित्रिने भएकाले देशका धेरैजसो स्थानमा झरी पर्ने तथा केही स्थानमा भारी वर्षा हुने सम्भावना देखिएको हो।

सोमबार रातिबाट मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहने तथा अरब सागरबाट समेत पर्याप्त जलवाष्पयुक्त हावा भित्रिने सम्भावना देखिएकोले ३–४ दिनसम्म नेपालमा मनसुन सक्रिय भई देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानहरुमा भारी वर्षा हुने सम्भावना छ । ती स्थानका नदी खोलामा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेतको जोखिम रहन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरीएको छ ।

मौसमविद् गंगा नगरकोटीका अनुसार अहिले बिहान बागमती प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ। तर काठमाडौं उपत्यकामा भएको छैन । आइतबार दिउसो पूर्वदेखि पश्चिमसम्मै सबै प्रदेशका थोरै थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको उहाले बताउनुभएको छ ।

आइतबार राती भने प्रदेश १ र गण्डकीका एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने बताउनुभएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार