Monday, October 28, 2024

नारायणगढ–मुग्लिन सडकखण्डमा फेरी पहिरो

काठमाडौ, साउन ७ (हाकाहाकी)– नारायणगढ–मुग्लिन सडकखण्डमा फेरी पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

भरतपुर महानगरपालिका–२९ स्थित पन्ध्रकिलो नजिक बतासेडाँडामा पहिरो खस्दा सडक अवरुद्ध भएको डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीले जनाएको छ ।

उहाँले चारकिलोको पहिरो पन्छाएर सडक एकतर्फी बनाएको केही घण्टामै फेर िपहिरो खसेको जानकारी दिनु भयो ।

गएराति ठूलो चट्टानसहित पहिरो खसेका कारण पहिरो पन्छाउन के–कति समय लाग्छ अहिले भन्न नसकिने अधिकारीले जानकारी दिनुभयो । उहाँले केहीबेर अघि पहिरो पन्छाउने काम सुरु गरिएको बताउनु भयो ।

ताजा समाचार

सम्बन्धित समाचार