आत्मनिर्भरता र समृद्धिका लागि धान भन्ने नारा साथ सोमबार धान दिवस मनाइदै

काठमाडौ, असार १५ (हाकाहाकी)– उत्पादन वृद्धि ,आत्मनिर्भरता र समुद्धि भन्ने नाराका साथ सोमबार नेपालमा धान दिवस मनाइँदैछ ।

प्रत्येकवर्ष असार १५ गते मनाइने धानदिवस सोमबार रोपाइँ गरी दही च्यूरा खाएर मनाइँदैछ । वि.सं २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धानदिवस मनाउनथालिएको हो ।

असार १५ लाई नेपाली समाजमादही च्यूरा खाने पर्वका रुपमापनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमालागेका नेपालीले पनिआजदही च्यूरा खाई असार १५ मनाउँछन् ।

कृषि अनुसन्धान परिषदको परिसरमाव्यक्तिगत दुरी कायम राखीधानदिवस मनाइने कृषिविभागले जनाएको छ । आजका दिन खेतमा रोपाई गरी हिलो छ्यापाछ्याप गरेर मनाउने गरेपनि यसपाली कोरोना सक्रमणका कारण रोपाई मात्र गर्न सरकारले सबैमा अनुरोध गरेको छ । बढीमा २५ जनामात्र बसेर र भौतीक दुरी कायम गरी रोपाई गर्न पनि कृषि मन्त्रालयले अनुरोध गरेको छ ।

कामको चटारोले थकितभएकाकिसानशक्तिप्राप्तिकालागिदही च्यूरा खान्छन् । दही च्यूराले शरीरमाशीतलताभई शक्ति सञ्चयहुने विश्वास गरिन्छ ।

यो वर्ष बागमती प्रदेशमा २३ दशमलव ५ प्रतिशत रोपाईँ भएको छ। असारको आधा महिनासम्ममा कुल धान उत्पादन हुने क्षेत्रको जम्मा १ लाख ३७ हजार २ सय ३८ हेक्टर जमिन मध्ये ३१ हजार ५ सय ६३ हेक्टर रोपाईँ भएको हो।

यस वर्ष प्रिमनसुन सिजनदेखि नै पर्याप्त पानी परिरहेकाले मध्य असार सम्म आइपुग्दा २५ प्रतिशत रोपाइँ सकिइसकेको कृषि विभागका अधिकारीहरुले बताएका छन्।

रोपाईका यो बेला सलह फटयांग्रा पनि देशका बिभिन्न भागमा प्रबेश गरेकाले धानको ब्याडलाई यसबाट जोगाउन चुनौती देखिएको छ ।

धान विज्ञ भोलामानसिंह बस्नेतले धान उत्पादनमा सरकारले प्राथमकिता नदिएको गुनासो गर्नुभयो । राष्ट्रिय ग्राहस्थमा धानको उल्लेखनिय योगदान हुँदाहुदै पनि सरकारले यसको उत्पादन र त्यसका लागि आवश्यक मल, बिउ, बिजन र उपकरणको उपलब्धतामा काम नगरेको बताउनुभयो ।

उहाँले रैथाने धानहरु मासिदै गएकोमा चिन्ता पनि व्यक्त गर्नुभयो । विकासे बिउ बिजनसँगै रैथाने जातीको संरक्षण र प्रवद्र्धन गर्नुपर्ने सुझाव दिनुभयो ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले जमीन खेर नफाल्न, बाँझो नराख्न तथा अत्यधिक उत्पादन बढाउन जोड दिनुभएको छ ।

राष्ट्रिय धान दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले जमीन खेर नफाल्न, बाँझो नराख्न तथा अत्यधिक उत्पादन र प्रतिफल दिनेगरी खेती गर्ने, माटो र बालीको बीचमा तादात्म्यता मिलाएर उत्पादन बृद्धिमा केन्द्रित हुन प्रधानमन्त्री ओलीले जोड दिनुभएको छ ।

यसका निम्ति सबै प्रतिफल लिन सकिने ठाउँमा धान लगाउने र अरु प्रकारका जमिनमा अन्य जुनसुकै बाली लगाए पनि हुने भन्दै उपर्युक्त उत्पादन दिने बाली लगाउन किसानलाई आग्रह गर्नुभएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार