Friday, November 1, 2024

विद्यूतीय सफा टेम्पो जोगाँउ सरकार

राजन लोहनी

कोभिड १९ को महामारीका कारण सबै क्षेत्र थला परेका छन् । यातायात, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषी उद्योग, निर्माण लगायत विविध सेवाका सवै क्षेत्र प्रभावित छन् । महामारीबाट सबैभन्दा बढी स्वास्थ्य क्षेत्र उच्च जोखिममा छ ।

यसबाट सुरक्षित रहन सरकारले सवै खालका उद्योग, ब्यावसाय, सेवा तथा कलकारखानाहरु बन्द गरेको तिन महिना पुग्न थालेको छ । जसले गर्दा यी क्षेत्र तहसनहस भईसकेका छन् भने यी क्षेत्रमा काम गर्ने अधिकांश कामदारहरुको रोजगारी गुमेको छ । नेपालमा मात्र नभै यस कोरोना भाइरसको कारणले बैदेशिक रोजगारमा विभिन्न देशमा पुगेका नेपाली युवाहरुको समेत रोजगारी गुमेका कारण छ । ती युवाहरु सुरक्षित तरिकाले नेपाल फर्कन आतुर छन् । श्रम बजारमा आउने नेपालली युवाहरुलाई आगामी दिन अझ बढी कठिनपूर्ण रहने प्रष्ट देखिन्छ ।

देशले लिएको “समृद्ध नेपाल, सुखी नेपाली” दीर्घकालीन साेंच परिपुर्तिका लागि दक्ष जनशक्तिहरुलाई रोजगारी तथा स्वरोजगारीमा संलग्न गराई राष्ट्रिय उत्पादकत्व तथा सेवा क्षेत्रमा बृहत ब्यावसायिक र दिगो वृद्धि हासिल गर्न जरुरी देखिन्छ ।

लकडाउनको कारण लामो समयदेखि ग्यारेजमा थन्किएका विद्यूतीय सवारी सफा टेम्पोहरुले दैनिक गर्ने आम्दानी गुमाईरहेका छन् । यसका साथै अन्य क्षतिहरु पनि थपिदै छन् ।

लामो समयदेखि संचालन हुन नसकेका कारण यस सवारीमा प्रयोग हुने ब्याट्रिहरु बिग्रिदै गईरहेकाले ब्यवसायी तथा स्वरोजगारहरु दोहोरो मारमा छन् ।

यस पेशामा प्रत्यक्ष आश्रित लगभग १२ सय चालक र ३ सय चार्जिङ्ग स्टेशनमा कार्यरत मजदुरहरु र तीनका परिवारहरु लामो समयदेखिको लकडाउनले गर्दा काम गर्न नपाउँदा दैनिकीका लागि आवश्यक खर्च समेत जुटाउन सकिरहेका छैनन । दैनिक खर्चको अभावमा उनीहरुको दैनिक जिवन कष्टकर बन्दै गएको छ ।

काठमाण्डौं उपत्यकामा ७ सय १४ वटा विद्युतिय सवारी सफा टेम्पोहरु सार्वजनिक यातायातको रुपमा संचालनमा छन् ।

यी साधनले विगत २० वर्ष देखि निरन्तर बिभिन्न रुटहरुमा सञ्चालन भई दैनिक १ लाखभन्दा बढी यात्रुहरुलाई सहज सेवा प्रदान गर्दै आइरहेका छन् । यी सवारीले यातायात सेवा सहज मात्र नभै देशको आर्थिक तथा वातावरणमा समेत महत्वपुर्ण योगदान पु¥याउदै आईरहेका छन ।

यस्ता विद्यूतीय सवारी साधनको सञ्चालनबाट हालसम्म करिव ४ करोड ५५ लाख ६० हजार लीटर खनिज इन्धन आयात हुनबाट रोकी लगभग २ अर्व २७ करोड बरावरको विदेशी मुद्रा बर्हिगमन हुनबाट रोकिएको छ । वातावरणीय दृष्टीकोणबाट पनि यी साधनको संचालनले गर्दा बार्षिक १२ करोड केजी ऋयद्द (कार्बनडाइअक्साइड) वातावरणमा उत्र्सजन हुनुबाट जोेगिएको छ । यसबाट करिब ५६ लाख ५० हजार रुखले गर्ने काम गरेको छ । र, स्वच्छ वातावरणमा यी साधनको योगदान त्यत्तिकै छ ।

यति मात्र नभई यस सवारी साधनले निम्न वर्गलाई स्वोरोजगारीताको अवसर प्रदान गरेको छ भने महिलाचालक र महिला स्वोरोजगारलाई पनि उत्तिकै प्राथमिकता दिई जिविकोपार्जनका लागि सहजता प्रदान गर्दै आईरहेको छ ।

विगतमा ५ महिना भारतीय नाकाबन्दीका बेला पेट्रोल र डिजलको आपुर्ती रोकिएको थियो । त्यसवेलामा सडकमा गुडने सम्पुर्ण सवारी साधनहरु चल्न सकेनन र यस्तो बेलामा काठमाण्डौं उपत्यकामा संचालित विद्युतिय परिवहन सफा टेम्पोहरुले निर्वाध रुपमा सेवाप्रदान गरेका थिए । देशलाई आत्मनिर्भर बनाउन पनि यस्ता साधनको योगदान त्यत्तिकै छ । नाकाबन्दी जस्तो कठिन परिस्थितीमा समेत यसले सेवा दिएको छ ।

स्वदेशी उर्जा र उत्पादनलाई उपभोग तथा प्रोत्साहन दिउँ भन्ने गतिलो सन्देश दिईरहदा सदन, सडक र सम्पुर्ण जनमानसमा यसको वावाही भईरहेको पनि धेरै समय वितिसकेको छैन भने योजनाकारहरुले यसको निरन्तरता तथा वृद्धिमा कुनै उल्लेखेनीय कार्य गरेको पनि महशुस गर्न सकिएको छैन ।

सरकारको आव २०७७।७८ को निति तथा कार्यक्रममा विद्युतिय यातायात प्रणालीलाई प्रोत्साहन गरिने छ भनियता पनि बजेटमा विद्युतिय सवारी साधनमा अप्रत्याशित रुपमा कर १० प्रतिशतबाट ४० प प्रतिशत र अन्तशुल्क ८० प्रतिशत पुराएसँगै सरकारले लिएको निति तथा कार्यक्रममाथिनै यस विषय संग सम्वन्धित विज्ञ तथा जानकारहरुले विरोध गर्दै पुर्नः विचारका लागि सुझावहरु दिईरहेका छन् । यही अवस्था हो भने विद्युतिय सवारी मध्यम बर्गको बहुँचभन्दा धेरै माथि हुने पक्का पक्कि छ भने विद्युतीय सवारी प्रणालीलाई प्रोत्साहन दिने नभै नेपालीले स्वदेशी उर्जा, स्वदेशी इन्धन, स्वस्थ वातावरण, स्वाधिन आर्थिक विकास र स्वस्थ अर्थतन्त्रको आकांक्षा माथि तुसारापात भएको छ । तसर्थ विद्युतीय सवारी एक सवारी मात्र नभै दिगो सवारी साधनको रुपमा विश्वका धेरै देशहरुले प्राथमिकताका साथ अवलम्वन गरिरहेको अवस्थामा नेपाल सरकारले पनि यस्को प्रोत्साहन गर्नका लागि कर घटाई सवारी साधनहरुको संख्या बढाउन उपयुक्त देखिन्छ जसले गर्दा देशका विभिन्न ठाँउ तथा राजमार्गमा तयार गर्ने भनिएका विद्युतिय सवारी चार्जिङ्ग स्टेशनको पनि सहि सदुपयोग हुने छ नत्र फेरी पनि सवारी बीनाका चार्जिङ्ग स्टेशनबनी बजेट मात्र खेर जाने देखिन्छ । तथापि सरकारले सार्वजनिक सवारीका रुपमा संचालन गर्ने विद्युतीय सवारी साधनहरुमा गरेको कर छुट लाई भने स्वागत योग्य मान्नु पर्दछ ।

यात्रुमैत्री, महिलामैत्री तथा सुरक्षीत तथा आत्मनिर्भर स्वच्छ सवारी साधनका रुपमा परिचित विद्युतीय सवारी सफाटेम्पोहरु अव कोरोना महामारीका कारण लामो समय देखि थन्केर बसेका छन् । र, पुन संचालन गर्नका लागि थप अर्को चुनौती देखिएको छ ।

विभिन्न सहकारी तथा बैंक को ऋण लिई विशेषगरी द्धन्द पिडित, एकल महिलाहरुको समेत लगानी यसमा छ । स्वरोजगार श्रमिक र ब्यावसायीहरुलाई यी सवारी पुन संचालन गर्न पुनः थप रकमको आवश्यकता पर्ने देखिन्छ र उक्त रकमको अभावमा धेरै संचालनमा रहेका विद्युतीय सवारी सफाटेम्पोहरु थन्कीन सक्ने र धेरै ब्यवसायी, स्वरोजगार तथा मजदुरहरुको रोजीरोटी गुम्ने सम्भावना बढेको देखिन्छ ।

तसर्थ कोरोना महामारीलाई मध्यनगर गर्दै सर्तकताको विधी र प्राथमिक सुरक्षा सम्पूर्ण सम्भव भए सम्मको विधीलाई अवलम्वन गर्दै ब्यक्ति र राज्यको अर्थतन्त्रलाई केहि मात्रामा भएपनि चलायमान गरि राख्न सुरक्षाका सम्पूर्ण शर्तहरु पालना गर्दै संचालन गर्नु पर्दछ । हाल देशका विभिन्न ठाँउमा विभिन्न पेशा, ब्यावसाय, मजदुरीमा संलग्नहरु ब्याक्तिहरु कोरोना रोगको कारणले भन्दापनि भोकको कारणले मरेका घटनाहरु प्रसस्त आईरहेको अवस्थामा सम्पूर्ण सुरक्षा सावधानीका साथ सार्वजनिक सवारी संचालन कार्यविधि तयार गरी सोही रुप संचालनमा ल्याउनु पर्ने देखिन्छ जसले गर्दा भोकका कारण दैनिक जसो सुनिने र देखिने मर्नेको संख्यामा पनि कमि आउने छ ।

व्यक्ति दुरी कायम गरी सवारी संचालन गर्दा सामान्य अवस्थामा संचालन गर्दा भन्दा आम्दानी कम हुने, दैनिक सवारीलाई अनिबार्य डिइन्फेक्टर स्पे (विषाणुरहित बनाउने रसायन), चालक तथा कर्मचारीहरुलाई मास्क, पन्जा, स्यानिटाईजरको ब्यवस्था, यात्रुहरुलाई स्यानिटाईजर र मास्क आदिको ब्यवस्था गर्नुपर्छ । सरकारले मानविय सुरक्षामा प्रयोग गरिने उल्लेखित वस्तुहरुको व्यवस्था गर्नुपर्छ ।

यसबाट मात्र यातायात ब्यवसायमा हुनसक्ने संभावित क्षतीलाई कम गर्न सकिन्छ ।

यसका लागि यातायात संचालन कार्यविधि तत्काल बनाउनु पर्ने देखिन्छ । अनि मात्र सम्पूर्ण सार्वजनिक सवारी साधनहरु संचालन गर्न सकिन्छ । र, लाखौं ब्यावसायी, स्वरोजगार तथा मजदुरहरुको दैनिकी सहज हुदै जानेछ ।

हाल थन्काइएका विद्यूतीय साना सवारी सफा टेम्पो पुनः संचालनकालागी आवश्यक राहत तथा यस सवारीलाई अझ ब्यवस्थित ब्यावसायिक दिगोपन दिनको लागि विकल्पहरु सहितको योजनामा पनि बनाउनुपर्ने देखिएको छ । यस्ता साधनको प्रवद्र्धन गर्ने यो उपयुक्त अवसर पनि हो । यो समयमा यस्ता साधनको प्रवद्र्धन गर्न सरकार अग्रसर हुनुपर्छ । यसपछि मात्र देशलाई आत्मनिर्भर बनाउन सकिन्छ । र, रोजगार सिर्जना गर्न सकिन्छ । यति मात्र होइन अहिलेनै नेपालमा उत्पादन भइरहेको विद्यूत खेर जाने अवस्था सिर्जना भएको छ । यस्तो विद्यूतको सदुपयोगका लागि पनि यस्ता साधनको प्रवद्र्धन अपरिहार्य छ । वायु प्रदुषणको चपेटामा रहेका सहरी क्षेत्रको वायुको स्तर सुधार गरी मानविय क्षति क म गर्न सकिन्छ ।

(लेखक विद्युतिय परिवहन प्रालिका संचालक तथा विद्युतिय परिवहन ब्यावसायी संघका पूर्व महासचिव हुन ।)

ताजा समाचार

सम्बन्धित समाचार