Saturday, November 2, 2024

स्वास्थ्य सेवा विभागका पदाधिकारी हेरफेर

काठमाडौ, जेठ २३ (हाकाहाकी)– कोरोना संक्रमण फैलिएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ र व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेललाई मन्त्रालयमा तानेको छ ।

बिहीबार मन्त्रालयले स्वास्थ्य सेवा विभागका महानिर्देशकसहित ६ जनाको जिम्मेवारी हेरफेर गरेको मन्त्रालयका प्रशासन महाशाखा प्रमुख रघुराम विष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार डा. दीपेन्द्ररमण सिंहलाई विभागको नयाँ महानिर्देशकको जिम्मेवारी दिइएको छ । व्यवस्थापन महाशाखाको निर्देशकमा राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रका निर्देशक डा. रमेश खरेललाई लगिएको छ ।

मन्त्रालयले परोपकार प्रसुती गृह थापाथलीका निर्देशक डा. जागेश्वर गौतमलाई पनि मन्त्रालयमा सरुवा गरेको छ । उहाँको ठाउँमा डा. संगीता कौशललाई लगिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार