Saturday, November 2, 2024

कोरोना संक्रमितको संख्या २६ सय नाघ्यो

काठमाडौ, जेठ २२ (हाकाहाकी)– पछिल्लो २४ घण्टामा नेपालमा थप ३ सय ३४ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै संक्रमितको कुल संख्या २ हजार ६ सय ३४ पुगेको छ ।
बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ३३४ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको जानकारी दिनुभयो ।

पछिल्लो रिपोर्टअनुसार कर्णाली प्रदेश र प्रदेश २ का सबैभन्दा बढीमा कारोना पुष्टि भएको हो । पछिल्लो २४ धण्टामा १२ जना डिस्चार्ज भएका छन्। योसँगै २९० जना कोरोनालई जितेर घर फर्केका छन् ।

विराटनगरमा गरिएको परीक्षणमा १ जना पोजिटिभ, नारायणी अस्पतालमा १, स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १८, हेटौँडामा गरिएको परीक्षणमा १२ जना, पोखरामा १६ जना, सेती अस्पतालमा ३ जना, र भेरी अस्पतालको प्रयोगशालामा ४२ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै, धुलिखेल अस्पतालमा १७, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५ जना, कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठानमा १०६, कोशी अस्पतालमा ५ जनाको रिपोर्ट पोजिटिभ आएको प्रवक्ता डा. देवकोटाले बताउनुभयो । त्यस्तै सुर्खेतमा गरिएको परीक्षणमा ६ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ९३ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

ताजा समाचार

सम्बन्धित समाचार