काठमाडौ, जेठ २२ (हाकाहाकी)– नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।65
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाल्पामा २० जेठमा मृत्यु भएका ४५ वर्षीय युवकको थ्रोट स्वाब नमूना परीक्षण गर्दा कोभिड(१९ पोजिटिभ देखिएसँगै मृतकको संख्या १० पुगेको हो ।
पाल्पाका पूर्वखोला ४५ वर्षीय ती युवक पाँचदिन अघि भारतबाट आएका थिए । उनलाई क्वारेन्टाइनमा राखिएको थियो । श्वासप्रश्वासमा समस्या आएपछि पाल्पाको मिसन अस्पतालमा भर्ना गरिएको थियो । उनको २० जेठमा मृत्यु भएको थियो ।
स्वाब नमूनाको परीक्षण रिपोर्ट आज आएको हो । रिपोर्ट आएसँगै मन्त्रालयले कोभिड–१९ बाट मृत्यु भएको पुष्टि गरेको छ ।
यसअघि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत दोलखाका ७६ वर्षीय व्यक्तिको बुधबार कोरोना संक्रमणबाट मृत्यु भएको थियो । १५ जेठमा उनमा कोरोना संक्रमण पोजिटिभ देखिएको थियो । आईसीयूमा उपचाररत उनको मृत्यु भएको थियो । उनलाई ह्यामो ¥याजिक स्ट्रोक थियो र १५ गते उनको स्वाब परीक्षणको रिपोर्ट पोजिटिभ आएपछि थप उपचारका लागि टिचिङ अस्पतालको आइसीयूमा भर्ना गरिएको थियो ।
यसअघि सिन्धुपाल्चोक, ललितपुर, बाँके, गुल्मी, बारा, अर्घाखाँची, दैलेख र बाजुरामा एक/एक जनाको मृत्यु भएको थियो ।