काठमाडौ, जेठ २१ (हाकाहाकी)– अरब सागरबाट उत्पन्न भएको निसर्ग नामको चक्रवातको प्रभावले नेपालमा बिहीबारदेखि देखि तीन दिनसम्म वर्षा हुने मौसमविद्ले बताएका छन् ।
चक्रवातको प्रभावले बिहीबारदेखी तीन दिनसम्म पानी पर्ने सम्भावना रहेको मौसमविद् मञ्जु बासीले बताउनुभयो ।
दक्षिण–पूर्वी अरब सागरमा रहेको न्यून चापीय क्षेत्र उत्तरतर्फ सरिरहेको र यसको अप्रत्यक्ष प्रभावले नेपालमा पनि वर्षा र हिमपात हुन सक्ने मौसमविद् बासीले जानकारी दिनुभयो ।
नेपालमा भोलि मध्यम खालको वर्षा हुने र शुक्रबार र शनिबार ठूलो पानी पर्ने मौसम पूर्वानूमान महाशाखाले जनाएको छ ।
मौसमविद् बासीले मनसुन भारतको केरला प्रवेश गरिसकेकोले जेठ मसान्तअघि नै नेपालमा मनसुन सुरु भइसक्ने पनि बताउनुभयो ।