Saturday, November 2, 2024

बुधबार लकडाउनको ७२ औं दिन, उपत्यकामा सवारी चाप बढ्यो

काठमाडौ, जेठ २१ (हाकाहाकी)– कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको बुधबार ७२ दिन पुगेको छ ।

लकडाउन जारी भए पनि बुधबार उपत्यकामा सवारी चाप बढेको छ । गत चैत ११ गते देखि जारी गरिएको लकडाउनका कारण जनवीवन प्रभावित भएको छ । त्यसैले मानिसहरु लकडाउनको प्रवाह नगरी काममा निस्कँदा उपत्यकाका मुख्य सडकहरुमा सवारी साधनको चाप बढ्दै गएको छ । गत शनिबारको मन्त्रिपरिषद् बैठकले जेठ ३२ गतेसम्मका लागि लकडाउन लम्ब्याउने निर्णय गरेको थियो । बुधबार उपत्यकाका विभिन्न ठाउँमा पुग्दा सवारीसधानको आवागमन बढेको पाइएको छ ।

उपत्यकाका, तिनकुने, बानेश्वर, माइतिघर, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, जमल, दरबारमार्ग लगायतका ठाउँहरुमा सवारी साधनको चाप अत्याधिक बढेको छ । यस्तै मुख्य–मुख्य चोकहरुमा सवारी जाम समेत भएको छ । प्रहरीले सवारी जाँचलाई केही खुकुलो बनाएको छ।

अत्यावश्यक सेवाका सवारी साधन, पास लिएका सवारी साधन, सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, निजी क्षेत्रमा कर्मचारी लगायतलाई समेत समान्य सोधपुछ गरी पठाउने गरेको छ।

यस्तै भित्री सडकमा पनि अत्यावस्यक खाद्य सामग्रीका पसलहरु खुलेका देखिन्छन्।

समाजिक दूरी कायम गर्दै, मास्क तथा पन्जा लगाई मानिसहरु बाहिर निस्किएको पनि देखिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार