काठमाडौ, जेठ २१ (हाकाहाकी)– काठमाडौं मेडिकल कलेज (केएमसी) को सिनामंगलस्थित शिक्षण अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीसहित बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल अनिश्चितकालका लागि बन्द गरिएको छ ।
अस्पतालले बुधबार अत्यन्त जरुरी सूचना प्रकाशन गर्दै अस्पतालमा कार्यरत २ स्वास्थ्यकर्मी र २ बिरामीमा कोरोना संक्रमण पुष्टि भएकाले आकस्मिक सेवासमेत अस्पतालका सबै सेवा बन्द गरिएको जानकारी दिएको हो।
अब अर्को सूचना नआउन्जेलका लागि अस्पताल नखुल्ने अस्पतालले जनाएको छ । अस्पतालका मेडिकल डाइरेक्टर प्रा. डा. मुकुन्दराज जोशीले विज्ञप्ति जारी गर्दै बिरामी र कर्मचारीलाई संक्रमण जोखिम हुने भन्दै त्यसका लागि अस्पतालको आकस्मिक सहितका सबै उपचार सेवा बन्द गर्न बाध्य भएको जनाइएको छ ।