Saturday, November 2, 2024

तरकारी नष्ट नगर्न गृहको निर्देशन

काठमाडौ, जेठ २१ (हाकाहाकी)– गृह मन्त्रालयले तरकारी नष्ट नगर्न बुधबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

सोमबार कास्कीमा चितवन र धादिङबाट लगिएको तरकारी नष्ट गरिएको थियो भने कपिलवस्तुबाट अर्घाखाँची लगेको तरकारी पनि सीमा क्षेत्रमा नै रोकिएको थियो ।

मन्त्रालयले उत्पादित तरकारी नष्ट गर्न नदिन र उत्पादनलाई बजारसम्म पु¥याउने व्यवस्था मिलाउन पनि भनेको छ । स्थानीय कृषि उत्पादन खान मिल्दैन भनी ढुवानी रोक्ने र नष्ट गर्ने क्रम देखिएकाले , त्यसलाई रोक्न र बजारसम्म पु¥याउनका लागि समन्वय गर्न स्थानीय प्रशासनलाई निर्देशन दिइएको मन्त्रालयका उपसचिव उमाकान्त अधिकारीले बताउनुभएको छ ।

यसको चौतर्फी विरोध भएपछि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले गृहलाई पत्र लेख्दै तरकारीलगायत कृषि उपजको ढुवानी रोकेर नष्ट नगर्न आग्रह गरेको थियो ।

मन्त्रालयले परिपत्र गर्दै तरकारी नष्ट नगर्न र कसैले जबरजस्ती गरे कारबाही गर्न समेत निर्देशन दिएको उपसचिव अधिकारीले जानकारी दिनुभएको छ ।

मन्त्रालयले अन्यत्र जिल्लाबाट ल्याएको कृषि उपजको ढुवानी तथा बिक्री वितरण गर्न नदिई जफत गरी नष्ट गरिने कार्यले कृषिउपज खेर जाने मात्र नभई कृषकको मनोबल खस्कने, उत्पादन घट्ने र पुनः आयातकै भर पर्नुपर्ने अवस्था सिर्जना हुन आउनेतर्फ सचेत गराएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार