काठमाडौ, जेठ २१ (हाकाहाकी)– अबका दुई दशकभित्र ठूलो संख्यामा जीवजन्तुहरु लोप हुने वैज्ञानिकहरुले चेतावनी दिएका छन् ।
पाँच सयभन्दा बढी प्रजातिका जीवजन्तुहरु लोपको संघारमा पुगेको उनीहरुले बताएका छन् ।
अबका २० वर्षभित्र जीवजन्तुहरु लोप हुने खतरामा रहेको अमेरिकास्थित नेसनल एकेडेमी अफ साइन्सेसले उल्लेख गरेको छ । मानिसकै कारण ठूलो संख्यामा जीवजन्तुहरु लोपउन्मुख भएको बताइएको छ ।
वन फडानी, आगलागी, प्रदूषण, जनवारको तस्करी लगायतका मानवीय कार्यका कारण ठूलो संख्यामा जीवजन्तु लोपको संघारमा पुगेको जनाइएको छ । मानिसले प्रकृतिको विनाश नगरेको भए हजार वर्षमा पनि लोपको संघारमा पुगेका जनावर लोप नहुने अध्ययनमा बताइएको छ।